अपराध न्यूनीकरणमा डीएसपी विष्टको भूमिका महत्वपूर्ण भन्दै सम्मान सहित विदाई

0
47

झापा, इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व १४ चैत २०८० देखि प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले सम्हाले ।
झण्डै १४ महिनाको बसाईमा उनले बिर्तामोड क्षेत्रमा हुने अपराधजन्य घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरे । मुस्कान सहितको प्रहरी सेवा प्रवाह गर्नु पर्छ भन्ने मान्यताका कारण उनी कार्यकाल भरि निर्विवादित रहे । उनको हालैमात्र नेपाल प्रहरी प्रधान कार्यालय परिचालन कक्ष नक्सालमा सरुवा भएको हो । उनको सरुवासंगै झापाका विभिन्न संघ संस्थाले सम्मान सहित विदाई गर्न शुरु गरेका छन् ।
पूर्व प्रहरी संगठन सहित सामाजिक संघसंस्थाले समेत उनको स्वागत सहित विदाई शुरु गरेका हुन् । यसै क्रममा वीरता जेसीजले प्रहरी नायव उपरीक्षक विष्टलाई सम्मानसहित बिदाई गरेको छ ।
वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा विष्टलाई सम्मान सहित विदाई गरिएको हो । ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विष्टलाई जेसीजका कानूनी सल्लाहाकार अमरजीत साहले वाचन गरेको सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष तथा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बिर्तामोडवासीलाई सुरक्षाको प्रत्याभूति दिलाउन ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्ट सफल भएको बताए।कार्यक्रममा विदाई भएर जान लागेका डीएसपी विष्टले बिर्तामोडमा रहककदा आफूले बिर्तामोडबासीको साथ र सहयोगले सुरक्षा व्यवस्था मजबुत बनाउन सफल भएको बताए।
आफू जहाकक रहेपनि बिर्तामोडबासीको मायालाई कहिल्यै नविर्सने उनको भनाई छ । कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष घनश्याम चौधरी, सिनेटर जीवनकुमार खड्का , पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले विदाई भएर जान लागेका डीएसपी विष्टलाई शुभकामना दिएका थिए। वीरता जेसीजका विपद् जनचेतना संयोजक मनिष न्यौपानेको संयोजकत्वमा भएको कार्यक्रममा संयुक्त सचिव सुभाष त्रिखत्रीले आस्था वाचन गरेका थिए भने सञ्चालन वीरता जेसीजका महासचिव विज्ञानराज पौडेलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here