सप्तरी, 
प्रहरीले ३०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय भारदहले विभिन्न स्थानबाट सङ्कलन गरेको ३०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित बजारका मदिरा पसल तथा अवैधरुपमा ओसारपसार गर्नेबाट नियन्त्रणमा लिई बिहीबार अवैध मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
लामो बन्दाबन्दीपछि बजार खुल्न थालेपछि व्यापकरुपमा अवैध मदिरा ओसारपसार भइरहेका सूचनाका आधारमा इलाका प्रहरी कार्यालयको टोलीले बजारमा छापा मारी मदिरा बरामद गरेको थियो ।
बरामद गरिएको मदिरा वडाध्यक्ष, नागरिक समाज र पत्रकारको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख धनबहादुर खड्काले बताउनुभयो ।





























