मनसुन सक्रिय हुँदा ३८ प्रतिशत क्षेत्रफमा रोपाइँ सम्पन्न

१९ असार २०७७, शुक्रबार मा प्रकाशित

काठमाडौँ, 

गत वर्षको तुलनामा यस वर्ष समयमा नै मनसुन सक्रिय हँुदा ३८ प्रतिशत क्षेत्रफमा रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यही असार १५ गतेसम्म ती क्षेत्रफलमा रोपाइँ सकिएको जनाएको छ ।

कूल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख छ हजार ६६२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष समयमा नै मनसुन सक्रिय हुँदा सबै क्षेत्रमा रोपाइँ जारी रहेको बताउनुभयो ।

गत वर्ष असार १५ गतेसम्म देशभर १४ दशमलव ७५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार सो अवधिमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४९ दशमलव ५४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । गत वर्षको सोही अवधिमा सुदूरपश्चिम प्रदेशमा २५ दशमलव २२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो ।

कर्णाली प्रदेशमा ४९ दशमलव १५, प्रदेश नं ५ मा ४५ दशमलव ९९, प्रदेश नं ३ मा ३६ दशमलव २२, गण्डकी प्रदेशमा ३५ दशमलव ६६, प्रदेश नं २ मा २९ दशमलव ०२ र प्रदेश नं १ मा २१ दशमलव ८० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी उच्च पहाडमा ४० दशमलव ७२, मध्यपहाडमा ३७ दशमलव ९५ र तराईको ३४ दशमलव ३४ प्रतिशत गरी ३५ दशमलव ४७ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष उच्च पहाडमा २९ दशमलव ९६, मध्य पहाडमा २३ दशमलव ०७ र तराईमा ११ दशमलव ०७ गरी १४ दशमलव ७४ प्रतिशत क्षेत्रमा रोपाइँ गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here