लिला चिमरिया लायन्स डिस्ट्रिक्ट ३२५ ‘सी’ का गभर्नरमा निर्वाचित

0
2

झापा । लिला चिमरिया लायन्स इन्टरनेशनल अन्तर्गतको डिस्ट्रिक्ट ३२५ ‘सी’ को २०२६–२०२७ कार्यकालका लागि जिल्ला गभर्नरमा निर्वाचित भएका छन्।

झापाको दमकस्थित सिटी पार्टी प्यालेसमा आयोजित डिस्ट्रिक्टको १४औँ वार्षिकोत्सव तथा सम्मेलनअन्तर्गत भएको निर्वाचनमा खसेको १७० मतमध्ये शतप्रतिशत मत प्राप्त गर्दै चिमरिया गभर्नरमा निर्वाचित भएका हुन्। मतदानमा डिस्ट्रिक्टअन्तर्गतका क्लब अध्यक्ष तथा क्याबिनेट अफिसरहरूको सहभागिता रहेको थियो।

लामो समयदेखि लायन्स अभियानमा सक्रिय चिमरिया लायन्स क्लब अफ सुरुंगा का चार्टर अध्यक्ष (२०१५–१६) सहित विभिन्न महत्वपूर्ण पदहरूमा कार्य गरिसकेका छन्। उनले जोन चेयरपर्सन, रिजन चेयरपर्सन, एरिया चिफ, एलसिआइएफ डिस्ट्रिक्ट कोअर्डिनेटर, क्याम्पेन १०० चिफ, क्याबिनेट सेक्रेटरी तथा फर्स्ट र सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरको जिम्मेवारी सम्हालिसकेका छन्।

उनको कार्यकाल २०२६ जुलाई १ देखि सुरु भई २०२७ जुन अन्तिम सातासम्म रहनेछ। डिस्ट्रिक्ट ३२५ ‘सी’ अन्तर्गत हाल १६२ क्लब र करिब ३ हजार ४ सयभन्दा बढी सदस्य आबद्ध छन्, जसले कोशी प्रदेशलाई समेट्छ।

चिमरियाको नेतृत्वमा लायन्समार्फत विभिन्न सामाजिक कार्यहरू सम्पन्न भएका छन्। अन्तर्राष्ट्रिय सहयोगमार्फत इटहरीस्थित मानव सेवा आश्रम, माया घर तथा दमक नगर अस्पताललाई भेन्टिलेटरसहित करिब ३ करोड रुपैयाँ बराबरको आइसियु सहयोग प्रदान गरिएको छ।

‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने नारालाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको उनले बताए। विपन्न विद्यार्थीलाई सहयोग, कपी बैंक सञ्चालन, स्टेशनरी वितरण तथा महिलाका लागि शौचालय निर्माणजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्।

यसैबीच, रमेश खत्री फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर र उदयनारायण बराल सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा शतप्रतिशत मतका साथ निर्वाचित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here