अझैपनि स्थानीय सरकारले नाकामा उच्च सतर्कता अप्नाइरहेको नगरपालिकाको भनाई

0
535

लक्ष्मी उप्रेती / मेचीनगर,

झापाको मेचीनगरमा ६ जना नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट निको भएर घर फर्किएका छन् । मेचीनगर नगरपालिकाले शुरुदेखि नै पूर्वीनाकाबाट यसको संक्रमण फैलिन र भित्रिन नदिनका लागि उच्च सर्कताका साथ विभिन्न काम गरेको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अहिलेसम्म नगरका विभिन्न वडाका ६ जनाले कोरोनामाथि जीत दर्ता गरेका छन् । उनीहरु सवै निको भएर घर फर्किएका र दैनिक आफ्नो काममा सक्रिय छन् ।

शाखा संयोजक शशीकला राईका अनुसार २२ असारसम्मामा नगरपालिका र स्वास्थ्य कार्यालय झापाको स्वास्थ्यकर्मीहरुको टोलीले नगरका विभिन्न सामुदायिक तथा होम क्वारेण्टिन र होल्डिङ सेन्टरमा बसेका कुल २ हजार ७ सय ६३ जनामा कोरोनाको संक्रमण परीक्षण गरेको थियो ।

विश्वमा कोरोना शुरु भएसँगै तत्काल मेचीनगर नगरपालिकाले नाकामा नोवल कोरोना भाइरस कोभिड १९ सहायता परामर्श केन्द्र स्थापना गरी स्वास्थ्यकर्मी परिचालन गरेको थियो । जहाँबाट ९५ हजारको तापक्रम मापन गरिएको थियो ।

संयोजक राईका अनुसार १ हजार ३ सय ७५ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र विधिबाट परीक्षण गरिएको थियो भने १ हजार ३ सय ८८ जनाको पोलिमिरेस चेन रियाक्सन (पीसीआर)का लागि थ्रोड स्वावको नमूना संकलन गरी प्रदेशमा रहेका १ नम्बर प्रदेश प्रादेशिक प्रयोगशाला विराटनगर तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलगायतका प्रयोगशालामा पठाइएको थियो ।

पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट परक्षिण् गरिएका कुल १ हजार ३ सय ८८ जनामध्ये ४२ जनाको परिणाम पोजेटिभ आएको थियो । पोजेटिभ आएकालाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचा गोठगाउँ मोरङमा रेफर गरिएको थियो । ती मध्ये ६ जना निको भएर घर फर्किएको बताइएको छ । यसरी उपचाररपछि घर फर्किनेमा होम क्वारेण्टिनदेख सामुदायकि क्वारेण्टिनमा बसेका छन् । यसरी कोरोमाथि जीत दर्ता गर्नेहरुमा मेचीनगर वडानम्बर १, ३, ४ र ६ का एक÷ एकजना र ५ का दुईजना रहेका छन् । पीसीआरको परिणाम नेगेटिभ आए तत्कालै घर फर्काइने गरिएको छ ।

नगरप्रमुख विमल आचार्यले विश्व महामारीका रूपमा फैलिएको यो कोरोना महामारीसँग जुध्न नगरवासीसहित सबैसँग सहकार्यका लागि नगरपालिकाले हात बढाएको बताए । ‘शुरुदेखि नै हामी लागिरहेका छौ ’ नगरप्रमुख आचार्यले भने —‘ अहिले पनि सारा काम छाडेर हामी लागिरहेका छौ । ’ आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री र नगरकै स्वाथ्यकर्मीको टोलीको प्रबन्ध मिलाइरहेको बताउँदै प्रमुख आचार्यले नगरवासीले भोको बस्नुपर्ने र उपचार नपाउने अवस्था सिर्जना हुन नदिन स्थानीय सरकार सक्रियपूर्वक अघि बढेको बताए ।

यस्तो विपद्मा सवैजना आफ्नोे घर परीवार आफ्न्तसँग सँगै बस्न रमाउन सुखदुख बाड्न चाहाने भएउकाले विदेशमा श्रम गर्न गएका नेपाली दाजुभाई दिदीबहिनीहरु यहि विपद््का समउमा घर फर्किरहेका कतिजना घर फर्किने क्रमा रहेको बताउदैं उपप्र्रमुख मीना पोखरेल उप्रेतीले कोरोना ल्याउछ, सार्छ भनेर विदेशबाट आएका व्यक्तिलाई गाउँघरमा पस्न नदिने, दुव्र्यव्यहार गरेर संक्रमण नरोकिने यसले सामाजिक एकता सदभाव खलबलिने भएकाले विदेशबाट फर्किएका व्यक्तिलाई भेद्भाव नगरी सम्मानित ढंगले क्वारेण्टिन एकान्तवासमा बस्न प्रेरित गर्नुपर्ने धारणा राखीन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here