मन्त्रिपरिषद् बैठक आज बस्दै, लाग्ला त आइजीको टुंगो ?

२३ असार २०७७, मंगलवार मा प्रकाशित

काठमाडौं,

मंगलवार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेको लागि बैठक बोलाइएको हो।

आजको बैठकमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा छलफल हुने भएको छ। हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिको कारण भोलिदेखि अवकास पाउँदैछन्।

महानिरिक्षक पदको लागि एआइजीद्वय शैलेस थापा क्षेत्री र हरीबहादुर पाल प्रतिस्पर्धामा छन्। उनीहरु मध्ये एक जना महानिरीक्षक हुनेछन्। प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको विवादमा रुमल्लिएका कारण अहिलेसम्म कसलाई महानिरीक्षक बनाउने भन्ने विषयमा टुङ्गोमा पुगेका छैन।

मन्त्रिपरिषद्को बैठकमा कसलाई महानिरिक्षक बनाउने भन्ने विषयको टुङ्गो लाग्ने छ। अब बन्ने महानिरिक्षकले करिब दुई वर्ष नेपाल प्रहरीको जिम्मेवारी सम्हाल्ने छन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here