सोलु जाँदै गरेको आइचर दुर्घटना, एकजनाकाे मृत्यु

0
837

ओखलढुंगा,

काठमाडौँबाट सोलुखुम्बु जाँदै गरेको आइचर ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बा ३ ख ९६ नम्बरको आइचर आज विहान ४ बजेर ३० मिनेट जाँदा दुर्घटना हुँदा २४ वर्षीय नवराज कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

सोलु करिडोर आयोजनाको सामान लिएर फर्कँदै गरेको आइचर सडकभन्दा १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here