सङ्खुवासभामा भेटिए डेङ्गी सङ्क्रमित

0
956

सङ्खुवासभा,

सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा एक जनामा डेङ्गीकाे सङ्क्रमण देखिएकाे छ ।

सभापोखरी गाउँपालिकाकी ४१ वर्षीया महिलामा ज्वरो आउने लक्षण देखिएपछि जिल्ला अस्पतालमा आएर परीक्षण गर्दा डेङ्गी सङ्क्रमण पुष्टि भएकाे हाे ।

जिल्ला अस्पतालमा डेङ्गी परीक्षण गर्ने किट अभाव भएपछि तुम्लिङटारको मनकामना सामुदायिक अस्पतालबाट किट खरिद गरेर ल्याएर ती महिलाको परीक्षण गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनुभयो ।

उहाँले किट अभाव भएकाले माग गरिएको तर आउने क्रममा रहेको बताउनुभयो । गएको वर्ष पनि सङ्खुवासभामा जेठ र असार महिनामा डेङ्गीका बिरामीहरु भेटिएका थिए । अस्पतालले डेङ्गीदेखि सावधान हुने सार्वजनिक सूचनासमेत प्रकाशित गरेकाे छ ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here