होटल खोल्न पाउनुपर्ने माग गर्दै ज्ञापन

0
880

बिर्तामोड ।

सुरक्षित मापण्ड अप्नाएर होटल ब्यवसाय सञ्चलन गर्न पाउनु पर्ने माग गर्दै होटल ब्यवसायी संघ झापाले स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ ।

लामो समय देखि भएको लकडाउनको असरबाट होटल व्यवसायीको ठूलो क्षति भएको हुँदा राज्यसँग पटक–पटक विभिन्न समस्याको विषयमा मागहरु राख्दै आएपनि कुनै पनि समस्या तथा मागहरुको विषयमा राज्यबाट सहयोग नभएको भन्दै अब चुप लागेर नबस्ने अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् ।

ब्यवसायी पनि कोरोना भाइरसको संक्रमणबाट बच्न र ग्राहाकहरुलाई समेत उच्च सावधानी र विधिबाट होटल सञ्चालन गर्न पाउनुपर्नेमाग राख्दै झापाका सबै क्षेत्रीय शाखाहरु र जिल्ला समितिबाट समेत व्यवसायी खोल्ने माग राख्दै,सबै तहका स्थानीय सरकार सबै नगरपालिका ,गाउँपालिका सम्झ ज्ञापन पत्र बुझाउने निर्णय काम भइरहेको अध्यक्ष श्रेष्ठले बताइन् । विभिन्न सात बुँदे मागहरु सहित ज्ञापन पत्र बझुाउन थालिएको बताइएको छ ।

चर महिनासम्म बन्द रहेको व्यवसायीसँग सरकारले कर लिने,घर धनीले भाडाको तागेता गर्ने ,बैंकले किस्ता र ब्याजको ताकेता गरिरहँदा पनि स्थानीय सरकार वा राज्यबाट व्यवसायीको बीच समस्यामा राज्यले चासो नदिएको भन्दै ब्यवसायीहरु अब होटल बन्द गरेर बस्ने पक्षमा नरहेको होटल ब्यवसायीहरुले चेतावनी दिएका छन् ।

यसैबीच बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडालाई ज्ञापन पत्र बुझाउदैं होटल ब्यवसायी संघले लकडाउनको अवधिभरको पूर्ण रुपमा भाडा छुट हुनुपर्ने र ६ महिनासम्म ५० प्रतिशत छुटको ब्यवस्था गरिनुपर्ने, वित्तिय संस्थाको ब्याज मिनाह तथा ऋण भुक्तानी गर्नु पर्ने समय बढाउनुपर्ने, लकडाउनको अवधिमा कुनै पनि वित्तिय संस्थाको किस्ता तिर्न नसक्ने, बिजुली र पानीमा न्यूत्तम शुल्क मात्रै लिनुपर्ने, ब्यवसायलाई धितोमा राखेर सहुल्यतमा ऋण उपलब्ध सरकारले गराउनुपर्ने, कर छुट हुनुपर्ने लगायतका सात बुँदेमागहरु रहेको बताइएको छ । आफ्ना मागहरु सबै स्थानीय तहमा ज्ञापन पत्र मार्फत बुझाउन शुरु गरेको अध्यक्ष श्रेष्ठले बताइन् ।

अहिले होटल व्यवसाय संकटमा परेकाले व्यवसायीहरु चिन्तित भएको झापा अध्यक्ष श्रेष्ठको भनाई छ । लकडाउन खुलेर व्यवसाय सञ्चालनमा आएपछि सर्तकता अपनाएर व्यवसाय सञ्चालन गर्ने भएकाले होटल क्षेत्रमा कोरोना भाइरसको असर निकै लामो समयसम्म पर्ने अनुमान गरिएको छ । लामो समय ब्यवसाय बन्द गर्नु पर्दा आफुहरु समस्यामा परेको ब्यसायीहरुको भनाई छ ।

अब होटल व्यवसायीले आफै सुरक्षा अपनाई व्यवसायी सञ्चालन गर्ने निर्णयमा पुगेको महासचिव शिवराज पौड्यालले जानकारी दिए । झापामा दुई हजार पाँच सयबढी होटल–लज र रेस्टुरेन्ट, चार हजारबढी मझौला तथा साना होटल रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here