दुईवटा बलात्कारका घटना दर्ता

0
486

पाँचथर,असोज १० । जिल्ला प्रहरी कार्यालय पाँचथरमा वुधवार २ वटा बलात्कारका घट्ना दर्ता भएका छन ।जवरजस्ती करणी गरेको भन्दै पाँचथर लुङरुपा ३ का सन्तोष राई र फिदिम ४ का मानवहादुर थापा विरुद्व मुद्वा दर्ता भएका हुन ।
बलात्कारका घट्नामा संलग्न मध्ये फिदिम ४ थापाटारका मानबहादुर थापालाई आज प्रहरीले पक्राउ गरेको छ भने राई फरार छन ।पेशाले पिकअप चालक थापाले मंगलवार राती नाता भित्रकै एक युवतीलाई घुम्न जाऔं भन्दै भारपा ४ टाहारी भन्ने स्थानमा पु¥याएर गाडीभित्रै बलात्कार गरेका थिए ।पीडित पक्षका आफन्तले गरेको उजुरीका आधारमा पीडकलाई वुधावार विहान फिदिम ४ वाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक सञ्जिववावु खड्काले जानकारी दिए ।प्रहरीले थापाले चलाँउदै आएको पिकअप पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका थापालाई अनुसन्धान शुरु गरिएको पनि उनले जानकारी दिए । पीडितलाई भने उपचारका लागि अस्पताल भर्ना गरिएको छ । यस्तै राईले असोज ३ गते छिमेकीकी श्रीमतीलाई वलात्कार गरेको आरोप लागेको छ