चार्ड पर्व नजिकिएसंगै शुरु भयो वजार अनुगमन

१ आश्विन २०७०, मंगलवार मा प्रकाशित

विर्तामोड,असोज १ । चार्ड पर्व नजिकदै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले वजार अनुगमन आजवाट शुरु गरेको छ ।

चार्ड पर्वको समयमा खाद्य पर्दाथमा वढी मिसावट हुने र उपभोक्ता वढी ठगिने भएको जनाउदै प्रशासनले आजवाट वजार अनुगमन शुरु गरेको जनाएको छ । अनुगमनका क्रममा आज झापाको विर्तावजार र विर्तामोडमा एकैसाथ वजार अनुगमन भएको छ । घलेलु तथा साना उद्योग कार्यालय झापा सहित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,खाद्य तथा गुण नियन्त्रक कार्यालय विराटनगरका प्रतिनिधि, उपभोक्ता मञ्च झापाका अध्यक्ष,प्रहरी र पत्रकार सहितको टोलीले वजार अनुगमन गरेको थियो । वजार निरीक्षण अधिकृत एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राधाकृष्ण खतिवडाको नेतृत्वमा आएको टोलीमा जिल्ला प्रशासन कार्यालय झापावाट प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल शुव्वा, खाद्य तथा गुण नियन्त्रक कार्यालयका खाद्य अनुसन्धान अधिकृत आनन्द डङ्गोल, खाद्य निरीक्षक प्रेम अर्याल लगायत सहभागी थिए । टोलीले विर्तावजार र विर्तामोड स्थित सुरेश ट्रेनिङ्ग सेन्टर, विजय श्री स्टोर, सीताराम राकेशकुमार किराना पसल , रोहित स्टोर, मनिस किराना पसल, सुरज किराना पसल, आगन होटल, चौधरी किराना पसल लगायतका दुई दर्जन पसलमा अनुगमन गरेको थियो । अनुगमनमा अधिकाशं पसलेले मूल्य सूचि नराखेको पाइएकाले तीन दिन भित्र मूल्य सूचि राख्न आग्रह गरिएको थियो । त्यस्तै एकदुई पसलमा म्याद गुज्रिएका सामान भेटिएपनि अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै सुधार आएको वजार निरीक्षण अधिकृत खतिवडाले वताए । अघिल्लो वर्षको अनुगमनका क्रममा पेय पदार्थ र तेलमा वढी समस्या भेटिएपनि यो वर्ष त्यो नपाइएको खतिवडाको भनाई छ । म्याद गुज्रिएका सामानमा भुटेको चाना, मटर, वेसन लगायतका समान वढी पाइएको थियो ।

यता उपभोक्ता मञ्च झापाका अध्यक्ष शुव्वाले भने मानिसको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने खाद्य पदार्थमा मिसावट छ या छैन, म्याद गुज्रिएको सामान हो या होइन भनेर उपभोक्ता आफैं सचेत हुनु पर्ने वताएका छन् । अनुगमनका क्रममा भेटिएका अखाद्यवस्तु र म्याद गुज्रिएका सामान नष्ट गरिएको छ ।

 

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।