जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

0
1974

ताप्लेजुङ ।

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ पर्नेमा ताप्लेजुङ प्रहरीले जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका २० वर्षीय बिमल लिम्बू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार स्थानीय एक २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भनी उजुरी परेपछि लिम्बू पक्राउ परेका हुन् ।

पक्राउ परेका युवा उपर करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here