ज्ञानवाटिकाको समुद्घाटन

0
482

सुरुङ्गा,असोज १२ । कनकाई उच्च मा.वि.सुरुङ्गाको प्रांगणमा विद्यालयका संस्थापक स्वर्गीय जनमेजय अधिकारीको स्मृतिमा निर्मित ज्ञानवाटिकाको एक भव्य समारोहवीच समुद्घाटन गरिएको छ । स्थानीय ज्ञानज्योति युवा क्लबको संयोजन र पहलमा स्व.अधिकारीकी धर्मपत्नी धनमाया, कान्छा छोरा यदुनाथ, बुहारी टीका, नातिनी रेजिना र नाति रोशन अधिकारीद्वारा ६ लाख रुपैयाँ भन्दा बढीको लागतमा निर्मित उक्त वाटिकाको कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले उद्घाटन गरेका थिए । प्रजिअ अधिकारीले ज्ञानको मन्दिरमा ज्ञानवाटिका निर्माण गर्ने जस्तो सकारात्मक सपना देख्ने र सो सपनालाई व्यवहारमा परिणत गर्न लागी पर्ने दाता दुवै पक्ष पुण्यको भागी बनेको भन्दै अन्य समाजसेवीलाई पनि यसरी नै उदारतापूर्वक अघि बढ्न अनुरोध गरे । सशस्त्र प्रहरी बलका उपरीक्षक गणेश संग्रौला, नेपाल प्रहरीका उपरीक्षक शेरबहादुर बस्नेत, नायव उपरीक्षक भुवनेश्वर तिवारी, सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया, अध्यक्ष जनक कार्की, पूर्व अध्यक्ष कुमारमणि पोखरेल,कनकाई उच्च मा. वि. का विव्यस अध्यक्ष लीलाप्रसाद भेटवाल, पीटीए अध्यक्ष राजेन्द्र मैनाली, प्राचार्य ईश्वरीप्रसाद शिवाकोटी,नागरिक समाज सुरुङ्गाका अध्यक्ष आशा शर्मा शिवाकोटी,कनकाईधाम धार्मिक विकास संस्थाका महासचिव गंगाराम दाहाल, सचिव कृष्णप्रसाद घिमिरे,कनकाई बहुमुखी क्याम्पसका प्रमुख त्रिलोचन मैनाली,वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेल,कनकाई आर्यघाट संस्थाका अध्यक्ष प्रभाखर कडरिया, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका सभापति श्यामकुमार पौडैल, कनकाई सामुदायिक वन उपभोक्ता समूहका निवर्तमान अध्यक्ष रुद्रप्रसाद चिमरिया, एमाओवादीका लक्ष्मीप्रसाद गुरुङ्ग, नेपाली कांग्रेसका नेत्रप्रसाद चिमरिया, सुकेडाँगी सा.व.उ.समुहका देबेन्द्र रिसाल,क्यूपेकका मानबहादुर पौडेल, सुरुङ्गा सहकार्य युवा क्लबका राजकुमार कट्टेल, आदिवासी जनजाति महासंघका हिम्मत नेम्बाङ्ग,राप्रपा नेपालका खेमराज कार्की,ईलाका प्रहरी कार्यालय सुरुङ्गाका ईञ्चार्ज मदनकुमार मैनाली लगायतको आतिथ्य रहेको कार्यक्रममा नेकपा मालेका प्रेमप्रसाद दाहाल, पूर्व गाविस अध्यक्ष भीमप्रसाद अधिकारी, झापा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश डालमिया,पूर्व अध्यक्ष राजेन्द्र घिमिरे, शाखा सुरुङ्गा अध्यक्ष युवराज संग्रौला लगायतले बोलेका थिए । ज्ञानज्योति युवा क्लबका अध्यक्ष सुनिल भेटवालको सभापतित्व र उपाध्यक्ष ज्योति उप्रेतीको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा ज्ञानवाटिका निर्मातालाई विशेष सम्मान गरिएको थियो । विविध सांस्कृतिक प्रस्तुति समेत रहेको सो कार्यक्रमको सञ्चालन क्लबका सचिव छबि थपलियाले गरेका थिए ।