लक्ष्मीपुर र माइवेनीको साधारण सभा सम्पन्न

१२ आश्विन २०७०, शनिबार मा प्रकाशित

लक्ष्मीपुर, असोज १२ ।  लक्ष्मीपुर कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघका प्रतिनिधि चम्पा सुवेदीको प्रमुख आतिथ्य र सहकारीका अध्यक्ष मातृकाप्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको साधारण सभामा  उपाध्यक्ष उमा प्र्रसाद सिटौलाले. स्वागत गरेका थिए ।
कार्यक्रममा दुर्गापुर सहकारी संस्थाकी शोभा भण्डारी गौरवशाली सहकारी संस्थाका उपाध्यक्ष दीपक मास्के , सुनकोशी वचत तथा ऋण सहकारी संस्थाका राधेश्याम अधिकारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
सभाका अध्यक्षको प्रतिवेदन अध्यक्ष ढुङ्गानाले प्रस्तुत गर्दै संस्थाको वजेट प्रतिवेदन व्यवस्थापन सृजना ढुङ्गानाले लेखा प्रतिवेदन लेखा संयोजक सुदर्शन वरालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट वचतकर्ता पूजा श्रेष्ठ, उत्कृष्ट ऋणी नइम मियालाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन धर्मानन्द निरौलाले गरेका थिए ।
उता माइवेनी महिला कृषि सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष रोहिता भट्टराईको सभापतित्व र जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण वानियाको प्रमुख आतित्थमा सभा सम्पन्न भएको हो । साधारण सभाले ०६९÷७० को प्रगतिको मूल्यांकन गर्दै आगामी आर्थिक वर्ष ०७१÷७१ को कार्ययोजना समेत पारित गरेको छ । सहकारीको स्थापना कालदेखि नै महिलाहरुलाई सिलाई वुनाई, कृषि सम्वन्धि तालिम प्रदान गर्दै आएको सहकारीले आगामी दिनमा पनि विभिन्न सीपमुलक तालिम प्रदान गर्ने साधारण सभामा जानकारी गराइयो । कार्यक्रममा सतासीधाम गाविस सचिव छत्रवहादुर ओझा, वडा नागरिक मञ्चका अध्यक्ष समध्वज कार्की, झापा उद्योग वाणिज्य संघका कोषाध्यक्ष कमल दहाल, माइधार व्यापारीका सचिव दीपक पोखरेल लगायतले वोलेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।