ट्रकले वालकको ज्यान लियो

0
364

विर्तामोड, असोज १२ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको सतासीधाममा मिनी ट्रकको ठक्करवाट आज अपरान्ह एक वालकको ज्यान गएको छ ।
पश्चिमवाट पूर्व तर्फ आउँदै गरेको को १ क ३५५ नम्वरको मिनी ट्रकको ठक्करबाट सतासीधाम  –४  निवासी आठ वर्षीय वालक  सन्देश तिमल्सिनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । वाटो काट्ने क्रममा वालकलाई  मिनी ट्रकले ठक्कर दिएको र उपचरार्थ लाइफलाइन अस्पताल दमक लैजाने क्रममा उनको वाटैमा मृत्यु भएको प्रहरीको भनाई छ ।