छुवाछुद सम्वन्धी अन्तरक्रिया

0
522

चन्द्रगढी ,असोज १४ ।  नेपाली समाजमा मानवीय कलंङ्कको रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुतको घटनामा केही कमी आए पनि यसको अवशेष अझैसम्म कायम रहेको एक कार्यक्रमका सहभागीले औल्याएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत विरुद्ध मेची महाकाली जागरण अभियान विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो औल्याएका हुन् । कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि , सरकारी निकायका प्रतिनिधि एवं दलित अधिकारकर्मीले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन , २०६८ मा भनिएपनि जातीय भेदभाव र छुवाछुत मानवता विरोधी गम्भीर अपराध भएको वताएका थिए ।      एमाओवादीका केन्द्रीय सदस्य गणेश नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा कार्यालय झापाका उप सचिव उद्धव विष्ट,जिल्ला प्रशासन कार्यालयका केशव रिजाल , हुकुम नेपाली , श्यामवीर लिम्बु , जसमायाँ गजमेर , सुरेश बराइली , गजेन्द्र नेपाली , भक्त खपाङ्गी , अमर बराइली , शयाम ल्वागुन र वीरबहादुर दर्नाल लगायतले वोलेका थिए ।  अनीता परियारको सभापतित्वमा कार्यक्रम भएको थियो ।