परिवारदलले पनि उमेद्धार सार्वजनिक ग¥यो

१५ आश्विन २०७०, मंगलवार मा प्रकाशित

झापा, असोज १५ । नेपाल परिवार दल झापाले संविधान सभाको निर्वाचनका लागि झापाका सातवटै निर्वाचन क्षेत्रवाट उमेद्धार सार्वजनिक गरेको छ ।
दलको आज विर्तामोडमा सम्पन्न वैठकले सातवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक तर्फको उमेद्धारी घोषणा गरेको हो । जस अन्र्तगत प्रत्यक्ष तर्फ क्षेत्र नम्वर १ मा रत्नकला पराजुली, क्षेत्र नम्वर २ मा दीपक संग्रैला, क्षेत्र नम्वर ३ मा कमारु जमसेक, क्षेत्र नम्वर ४ मा केदार ढुङ्गाना, क्षेत्र नम्वर ५ माटेकवहादुर वस्नेत क्षेत्र नम्वर ६मा मेदनीप्रसाद सिलवाल र क्षेत्र नम्वर ७मा धु्रव पाण्डे रहेका छन् । त्यसैगरी ुमानु
पातिक तर्फभने क्षेत्र नम्वर १मा मिलन राजवंशी, क्षेत्र नम्वर २ मा शंकर घिमिरे, क्षेत्र नम्वर ३मा सुकमती राजवंशी, क्षेत्र नम्वर ४ मा मेदनी प्रसाद दंगाल, क्षेत्र नम्वर ५ माजीवन पनेरु, क्षेत्र नम्वर ६ मा राजेन्द्र पन्त र क्षेत्र नम्वर ७ मा उषा ओली रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।