विराटनगरमा आइसोलेशनमा रहेका एक जनाको मृत्यु

0
1243

मोरङ ।

मोरङको कोशी अस्पताल आइसोलेशनमा थप एक जनाको मृत्यु भएको छ । उदयपुरका ५५ वर्षका पुरुषको मृत्यु भएका हो ।

स्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र रुघाखोकीको कारण विराटनगरको विराट नर्सिङ होम ल्याएकोमा त्यहाँबाट कोशी अस्पताल पठाइएका बिरामीको गएराति मृत्यु भएको कोशी अस्पतालका डाक्टर चुमनलाल दासले जानकारी दिए।

मृतकको स्वाब सङ्कलन भएको र कोरोना परीक्षणको लागि पठाउने तयारी भइरहेको उनले बताए । हिजो विराटनगर(५ का ७७ वर्षका पुरुषको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here