झापा, जंगली हात्तीको आक्रमणमा परी झापामा एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल गाउँपालिका ५ निवासी ६० वर्षीय रोहित रेग्मीको मृत्यु भएको हो । चुलाचुलीस्थित जंगलबाट निस्किएका तीन वटा हात्ती बस्ती पसेको र रेग्मीलाई सुतेके ठाउँमा विहीवार राति आक्रमण गरेको प्रहरीले जनाएको छ । –––































