दशैंतिहारमा भोजभतेर गर्न नपाइने

0
892

बिर्तामोड,असोज २३ । दशैं तिहारजस्ता चाडपर्वमा जलपान तथा भोजभतेर गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।

चुनाव प्रसारको सिलसिलामा चाडपर्वको अवसर पारेर कुनैपनि राजनीतिक दल, दलका उम्मेद्वार, राजनीतिक दलसँग आवद्ध व्यक्ति, दलका भ्रातृ संगठन तथा पदाधिकारीलेसमेतले यस्तो कार्यक्रम गर्न नपाउने आयोगले जनाएको छ ।

यस्तै आयोगले चुनाव प्रचार प्रसार गर्ने उद्देश्यले दलका झण्डा वा चुनाव चिन्ह अंकित गरेर कुनै पनि टोपी, झोला, टिसर्ट, कलमलगायतका कुनै पनि सामग्री बनाउने नपाईने व्यवस्था गरेको छ ।

आयोगका प्रवक्ता बीरबहादुर राईले आयोगका तर्फबाट मंगलबार एक विज्ञप्ति निकाली यस्तो जानकारी दिनु भएको हो ।