१७ वर्षपछि हत्यारा पक्राउ

0
608

झापा, २०६० सालमा भएको हत्याको घटनाका एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गर्दै शुक्रवार सार्वजनिक गरेको छ ।


साविक टाघनडुब्बा गाविस–४ निवासी ४५ वर्षीय बिरिकलाल माझीको हत्यामा संलग्न भएको अभियोगमा १७ वर्ष पछि जलथल गाविस–८ निवासी दुर्गाबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको हो ।
आफन्तको घरमा लुकेर बसेको अवस्थामा मेचीनगरको धाइजनबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले पक्राउ परेका अभियुक्तलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

नाताले ससुरा पर्ने माझीको घरमा आएका बखत विवादका क्रममा मगरसहितका केही युवाले माझीको कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा सम्लग्न सोही ठाउँका खेम फूयाल लगायतका भएको र उनीहरु फरार रहेकाले खोजी कार्य जारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here