दुधे ।

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट शिवसताक्षी नगरप्रमुख पदका उमेदवार तथा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दुधेका पूर्वप्राचार्य उमानाथ दाहाल नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक कलह, नेताबीच मत बिभाजनका कारण पाटीले जनताको नेतृत्व गर्न नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गर्ने दाहालले घोषणा गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बाट दाहालको नेतृत्वमा ३०० नेपाली कांग्रेसमा प्रवेश गर्ने दाहालले बताए। स्थानीय तहको निर्वाचन मा वडा नम्बर ६ बाट वडा अध्यक्ष पदका उमेदवार घनश्याम मैनाली, वडा नम्बर ३ भास्कर न्यौपाने सहितको टोली नेपाली कांग्रेसमा प्रवेश गर्ने दाहालले बताए ।
यता शिक्षाका उद्यमी प्रेम शेर्मा पनि नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। हालसम्म स्वतन्त्र रहेका शेर्मा नेपाली काँग्रेसको आस्था, विचार र बीपीका सिद्धान्तबाट प्रभावित भएको बताए । उनी एन प्याक्सन झापाका उपाध्यक्ष हुन् ।
उनको समूहबाट करिब ६० जना युवा नेपाली कांग्रेसमा प्रवेश गर्दैछन्। शिवसताक्षी नगरबाट जिल्लास्थित समितिमा नेतृत्व गर्ने एक नेताका अनुसार नेकपा, मधेसवादी दल, राप्रपा, लिम्बुवान र स्वतन्त्र गरेर ४ सयको हाराहारीमा नेपाली कांग्रेसमा प्रवेश गर्दैछन्। शेर्माको टोलीमा मनकामना बोर्डिङका प्रिन्सीपल केदार निङलेखु, शिक्षक पदम मादेन, सन्तोष नेपाली, अनिल सम्बाहाम्फे, रञ्जीत श्रेष्ठ लगायत छन ।
दूधेको सतासीधाम सामुदायिक अध्ययन केन्द्रको सभाहलमा शुक्रबार नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आगन्तुकलाई फूलमाला र अविर लगाएर पार्टी प्रवेश गराउने कार्यक्रम रहेको कांग्रेस नेता रतन थिङ्लाबोले जानकारी दिएका छन् ।
























