सरकार, मलाई खोज्न यत्तिका रकम कसरी खर्च भयो ?

0
509

सुजन दाहाल,

भदौ ५ गतेको स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ टेलिभिजनमा हेरिरहँदा स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले एकजना कोरोना भाइरसको संक्रमित पत्ता लगाउनका लागि एक लाख चार हजार छ सय ३० रुपैयाँ खर्च भएको बताए ।

म कोरोना संक्रमित भएर नौ दिनसम्म आइसोलेशन हस्पिटलमा बसेर घर फर्किएको मान्छे । मेरो मनमा प्रश्न उब्जियो कि मलाई खोज्दा कसरी राज्यको यत्रो पैसा खर्च भयो ? म सोचमा परे । स्तब्ध भए र अचम्म लाग्यो । सरकारले एकजना कोरोना संक्रमित पत्ता लगाउन यति धेरै रकम खर्च गरेको सुन्दा अत्यन्तै धेरै दुःख पनि लागेर आयो । म जस्ता संक्रमितको अपमान भएको महशुस गरे । संक्रमितलाई राज्यले ठीक ढंगले व्यवहार गरेन भन्ने पनि सोचे ।

पीसीआर गरेको जम्मा संख्यालाई पाजेटिभ आएको संख्यामा औसत निकालेर सबै पीसीआर परीक्षणको आर्थिक दायित्व पोजेटिभ भएकामा थोपरेर सरकारले संक्रमित भएकाको मनोविज्ञानमा खेलबाड गरेको छ । हरेक संक्रमित उपर यसरी हिसाबको सूत्र लगाएर होइन व्यवहारिक तरिकाले मानसिक क्षति नपुग्ने गरी सरकारले व्यवहार गरिदिएको भए उत्तम हुन्थ्यो । तर, सरकारले हिसाब देखाउने नाममा संक्रमितलाई हुने मानसिक क्षति विचार नै गरेन् ।

हरेक कोरोना संक्रमितको थाप्लोमा एक लाख चार हजारको भारी बोकाएर संक्रमितलाई अवमूल्यन र अपमानित गरेको आभाष भयो । मैले धेरै नै सोचे सरकारले म जस्ता संक्रमितको खोजीका लागि कहाँ यति धेरै खर्च ग¥यो भनेर । मैले सबै कोणबाट हिसाब गर्दा पनि एक लाख चार हजार संक्रमितको खोजीमा खर्च हुने शीर्षक भेटिन । सरकारले एकजना संक्रमित खोज्न जति पैसा खर्च गरेको छ त्यति खर्चले त एक परिवारको जीवन चल्छ ।

एक लाख चार हजार भनेको थोरै पैसा होइन । नेपालमा धेरै मान्छेसँग एक लाख चार हजार रकम छैन । यहाँ मान्छे खोज्न नै यत्रो लाखौ रकम खर्च गरिन्छ भने संक्रमितको उपचार र आइसोलेसनमा राख्दा राज्यको कति खर्च होला ? कल्पनासम्म गर्न सक्दिन म ।

म संक्रमित भई हस्पिटल पनि बसेर आएको व्यक्तिको रुपमा भन्नुपर्दा सरकारले भने झैं कही कतै कुनै पनि ठाउँमा खर्च भएको जस्तो लाग्दैन । कसैप्रति दोषारोपण गर्नु र लाञ्छना लगाउनु मेरो उद्देश्य होइन । तर, एक असल र इमान्दार नागरिक हुनुको नाताले त्यसमा पनि कोरोना संक्रमित भएको व्यक्तिको नाताले म माथि यत्रो धेरै पैसा कहाँ खर्च भयो भनेर सोध्नु चाहिँ मेरो अधिकार र धर्म हो ।

म सरकारलाई निवेदन गर्छु । मलार्इ खोज्न कहाँ र कसरी एक लाखभन्दा बढी रकम खर्च भयो । मलाई प्रमाणित गरेर देखाइ दिए म सरकारको लागेको पैसाको ब्याजसहित तिर्छु । मैले खुन पसिना गरेर खाई÷नखाई कर तिरेको रकमको दुरुपयोग गर्ने अधिकार कसैलाई छैन । म संक्रमित हुँदा राज्यले मेरो टाउकोमा एक लाखको हम्मरले प्रहार गरेको छ । म जस्ता कोरोना संक्रमितलाई भजाएर भुडी बढाउने र चिल्लो गाला पार्ने छुट कसैलाई छैन । हामी माथि खेलवाड नहोस् ।
गिलो टट्टी आउँदा राज्यकोषको ढिकुटी सक्ने बानी परेकाले आज म संक्रमित हुँदा मलाई देखाएर एक लाख चार हजार मोल तोक्ने ?

म माथि राज्यको यत्रो पैसा खर्च भएको सुन्दा आफैसँग धिक्कार लागेर आयो । आफैलाई हिनताबोध भयो । बेकारमा राज्यको यत्रो धेरै पैसा खर्च गरेछु भन्ने मनमा लागेर आयो । राज्यको पैसामा खर्च गर्दा मलाई गर्भ लाग्नुपर्ने तर आज मलाई खर्च भएको रकम देख्दा मन पोलेको छ ।

आज म जस्ता कोरोना संक्रमित ठीक भएर घरमा आई समाजमा घुलमिल हुन नसकी रहेर मानसिक चोट भोगिरहेको बेला सरकारले खोजीको खर्च विवरण सार्वजनिक गर्दा हृदय छिया–छिया परेर आयो । म किन संक्रमित भए भन्ने लागेर आयो । म संक्रमित नभएको भए राज्यको एक लाख चार हजार बचत हुने थियो । जुन पैसा कुनै गरीब नागरिको उत्थानमा खर्च गर्न सकिने थियो भन्ने लाग्यो ।

सरकारले एकजना कोरोना संक्रमित पत्ता लगाउन एकमुष्ट यति खर्च भयो भनेर पन्छिन मिल्दैन । कसरी संक्रमित खोज्यो ?

संक्रमित खोज्न विदेशबाट करौडौ रुपयाँ पर्ने दूरविन नै पो ल्यायो कि ? कति जनशक्ति खर्च गरो ? प्रविधिमा कति खर्च गरो ? कति किलोमिटर यात्रा गरेर खोज्यो ?

सरकारले प्रष्टसँग यो सबै कार्यको लागि यति खर्च भयो भनेर चुस्त दुरुस्त हिसाब दिनुपर्छ । खोजी कार्यका लागि खर्च भएको एक लाख चार हजारको शीर्षक अनुसार खर्च देखाउनुपर्छ । होइन भने म जस्ता कोरोना संक्रमित प्रति सरकारले न्याय गरेको ठहरिँदैन ।

सरकारले झारो टार्ने गरी यस्तो विवरण दिन मिल्दैन । संक्रमित व्यक्ति खोज्न नै एक लाखभन्दा बढी खर्च भएको कुरा यो संसारमा एक जनाले पनि पत्याउँदैन । कोरोना संक्रमित व्यक्तिले भोगेको मानसिक पिढालाई जतिसुकै क्षतिपूर्तिले पनि भरिपूर्ण गर्न सकिँदैन । बाहिर बसेर गफ उडाए जस्तो हुँदैन । शारीरिक, भौतिक, मानसिक र सामाजिक पुनस्र्थापना आदि जस्ता अनेकन समस्यासँग संक्रमित जुधिरहेको छ । जुध्न सक्ने बाँचेका छन् । नसक्ने भटाभट आत्महत्या गरेर मरिरहेका छन् । त्यसरी आत्महत्या गर्नुपर्ने अवस्था कसले सिर्जना ग¥यौं ? सरकारले त्यसको जिम्मेवारी लिन्छ ?
यस्तो बेला सरकारले उनीहरुलाई मलम लाउनुपर्नेमा, तिमीहरुलाई खोज्न नै यति पैसा लाग्यो भनेर विवरण सार्वजनिक गर्दैगर्दा संक्रमितको मनस्थिती कस्तो हुन्छ ? कसैले यसबारे मनन गरेको छ ?

संक्रमित व्यक्ति अक्सिजनसम्म नपाएर चरो लडे झैं मरिरहेका छन् । सरकारको ध्यान पैसा बाहेक केहीमा छैन । भ्यान्टिलेटरको त कुनै छोडौं । करौडौको गाडी चढेर मोजमस्ती गर्न सक्ने राज्य सञ्चालकले विरामीको लागि आइसीयू र भ्यान्टिलेटरको व्यवस्थासम्म गर्न सकेको छैन ।

सरकारको काम कारवाही कस्तो छ भन्ने कुरा संसारलाई थाहा छ । सरकारले संक्रमितलाई के–कस्तो सेवा सुविधा उपलब्ध गराएको छ भन्ने पनि सबैलाई थाहा छ । मैले भनिरहनु पर्दैन । सरकार कहिले नागरिकप्रति उत्तरदायी र जवाफदेही बन्ने ? हावादारी कुरा गर्न छोडेर नागरिको पिरमर्का मेरो सरकारले कहिले बुझ्ने ? मेरो सरकार म सँग छ भन्ने कुराको अनुभूति मैलो कहिले र कसरी गर्ने ?

जहिले पनि मेरो देशको सरकार म माथि बेइमान नै भइरहने ? मलाई राजनीतिक अभिष्ट पूरा गर्ने पात्र कहिलेसम्म बनाइरहने ?

अन्त्यमा, कोरोना संक्रमितलाई देखाएर आफ्नो धन्दा र व्यवसाय चलाउने काम अब बन्द होस् । नागरिक सर्वोच्चता र अधिकारलाई इज्जत गरेर सबै संक्रमितलाई सम्मानपूर्वक बाँच्न पाउने सामाजिक वातावरण कायम गरियोस् । संक्रमित खोजी गर्दा लागेको पैसाको शीर्षक अनुसार विवरण सार्वजनिक होस् । संक्रमित व्यक्तिको आत्मसम्मान, प्रतिष्ठा र भावनामा ठेस पु¥याउने काम बन्द होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here