ताराकाे घर निर्माण शुरु भएकै दिन ‘मेची अभियान’ लाई एक लाख सहयोग

0
778

झापा,

कनकाई नदिको बाढीले कटान गरेर घरबार विहिन बनेकी झापा शिवसताक्षीकी तारा शेर्माको घर निर्माण सुरु भएकै दिन हङकङबाट एक लाख सहयोग जुटेको छ ।

पूर्वको लोकप्रिय मेची अभियान मार्फत शेर्माको स्थायी बसोबासका लागि निर्माण हुन लागेको जस्ताको छाना सहितको आरसीसी घर निर्माणका लागि १ लाख जुटेको अभियानका संयोजक विजय डालमियाले जानकारी दिए । डालमियाका अनुसार हङकङ नेप्लीज मोबाइल फोटोग्राफि फेसबुक समुहले बाढीबाट बिस्थापित बनेकी शेर्माको घर निर्माण सहयोगार्थ १ लाख मेची अभियानलाई प्रदान गरेका हुन् ।

सामाजिक संजाल ‘फेसबुक’मा शेर्माको तस्वीर र घर निर्माणसंग सम्बन्धित अन्य फोटोे पोष्ट गरेपछि समुहका सदस्यहरुले रकम संकलन गरेर पठाएको अभियानकी सदस्य भुमिका सुब्बाले बताइन् । ‘‘फेसबुक’ प्रयोग कर्ताहरुको एउटा ग्रुप छ । हङकङमा बसोबास गर्ने नेपाली दाजु— भाई तथा दिदी बहिनी समेत सहभागी उक्त ग्रुपले संकलन गरेर पठाएको रकम शेर्माको घर निर्माणका लागि पहिलो पटक ठुलो रकम मेची अभियानको खातामा जम्मा भएको हो,’ सुब्काले भनिन् ।

असार १२ गते कन्काई नदिमा आएको बाढीले घर बगाएपछि शेर्माको परिवार बिचल्ली बनेको थियो । बाढीबाट शेर्माको परिवार बिस्थापीत बनेको समाचार संचार माध्यममा आएपछि झापामा स्थापीत मेची अभियानले घर निर्माण गरेर हस्तान्तरण गर्ने प्रस्ताव शिवसताक्षी नगरपालिकासंग गरेको थियो । नगरपालिकाले ११ नम्बर वडा स्थीत जनता आवास क्षेत्रमा जग्गा दिने कार्यपालिका बोर्डमै निर्णय गरेपछि मेची अभियानले गएको ५ मा नगर प्रमुख चन्द्रकुमार शेर्मा मार्फत बाढी पिडित शेर्माको घर निर्माणको शिलान्यास गरेको थियो ।

दुई वर्ष अघि निमोनियाका कारण श्रीमान् गुमाएकी शेर्माको बस्ने घर कात्तिक १० मा निर्माण सम्मपन्न हुने निर्माण कम्पनीका ठेकदार सुभास राजबंशीले बताए । मेची अभियानका संयोजक डालमियाका अनुसार शेर्माको घर निर्माणका लागि अभियानका सदस्य नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नी श्रीमती कविताको जन्मदिनको अवसर पारेर ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेर सहयोगको खाता खोलेका थिए ।

‘निस्वार्थ र प्रचार रहित मेची अभियान मार्फत शेर्माको घर निर्माणमा जो कोही पनि सहयोगको सदस्य बन्न सक्नुहुने छ, उनले भने —‘करकाप र जबरजस्ती अनि फोन गरेर चन्दा माग्ने काम अभियानले पटक्कै गर्देन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here