गजल

0
1815

 

सुजना खतिवडा
जति छाति फुटे पनि जचाउन सक्दिन म
कहाँ कति दु खेको छ बताउन सक्दिन म

नसोचेर सोचि सक्नु नहेरेर बसौ यहाँ
चिसिएको मन मेरो तताउन सक्दिन म

बीस रूपि वृक्ष बन्यौ चुलीएर गए पनि
अमृत भनी कसैलाई चटाउन सक्दिन म

सबै सामु बिना लाज तिमी आफै नाङ्गीए छौ
नयन भरि दृश्यहरू हटाउन सक्दिन म

फुल भनी बिछयाए छौ सबै तिर काडै काढा
ब्यथा अझै बल्झदै छ घटाउन सक्दिन म ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here