झापा।

झापाको कमल गाँउपालिका–७ का दुई जना लागूऔषध सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा ४० बर्षीय रोशन साह र १८ बर्षीय दिपक गुरुङ रहेका छन । शुक्रबार बेलुका साढे ७ बजे केर्खा चौक स्थितमा मे १ ह ६३७६ नम्बरको अटोमा आएका दुबै जनालार्इ नियन्त्रणमा लिई चेकजाँज गर्दा लागूऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुले बोकेको झोला खोलेर हेर्दा लुकाई छिपाई राखिएको १२० ऐम्पुल डायजोपाम, १२० ऐम्पुल लुपिजेसिक र १२० ऐम्पुल फेनारगन फेला पारी बरामद गरिएको हो । पक्राउ परेका उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।































