नम्बर प्लेटमा अङ्ग्रेजी राख्ने निर्णय प्रति भाषा शिक्षा समूहको आपत्ति

२० भाद्र २०७७, शनिबार मा प्रकाशित

युद्धबहादुर बोहोरा/इलाम,

सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग गरिने इम्बोस्ट नम्बर प्लेट रोमन लिपि अङ्ग्रेजी राख्ने निर्णय प्रति भाषा शिक्षा समूहले आपत्ति जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा वि.सं. २०६८–०६९ सालमा अध्ययन गरि हाल विभिन्न स्थानमा कार्यरत नेपाली भाषा शिक्षा समूह (२०६८–०६९) ले विज्ञप्ति जारी गरि सो कुरा सच्याउन माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “न्यायिक गरिमा र भाषिक राष्ट्रवादको महत्तालाई भुलेर सवारी साधनमा प्रयोग हुने इम्बोस्ट नम्बर प्लेटलाई रोमन लिपिको अङ्ग्रेजी भाषामा राख्ने सर्वोच्च अदालतको निर्णयले नेपाली भाषाको गरिमामाथि गम्भीर असर पारेको छ ।”

भाषाले समाज र देशलाई एकसूत्रमा बाँधेको हुन्छ । भाषाको गरिमा र महत्तालाई अपनत्व गर्ने विषय हृदयमा स्थापित हुन्छ । नेपालमा नेपाली भाषा साझा सम्पर्कको दायित्व बोध गर्ने भाषा हो । वास्तवमा भाषा, संस्कृति या त आफ्नो राष्ट्रलाई माया गर्नुपर्ने कुरा कसैद्वारा भनिने र सिकाइने कुरा नभएर मन मुटुमा गाँसिने राष्ट्रिय गौरवको विषय हो ।

सर्वोच्च अदालतले यो भाषिक गरिमालाई सम्बोधन गर्नुको साटो सवारी साधनमा प्रयोग हुने इम्बोस्ट नम्बर प्लेटमा रोमन लिपिमा लेखिने अङ्ग्रेजी भाषाको प्रयोग गरि नेपाली भाषाको गरिमामाथि गम्भीर असर पारेको समूहले जनाएको छ ।

यसअघि पनि अङ्ग्रेजी भाषामा मात्र राख्ने भनिएको इम्बोस्ड नम्बर प्लेटको सर्वत्र विरोध हुँदाहुँदै हालसालै देवनागरी लिपिमा लेखिने नेपाली अक्षरमा मात्राको आकार सानो–ठूलो हुने कारण देखाएर सर्वोच्च अदालतले गरेको यो निर्णयप्रति आपत्ति र असहमति रहेको कुरा सरकारसमक्ष अनुरोध गरेको
बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here