घुर्बिसे पञ्चमी कवर्डहलको विषयमा छलफल

२० भाद्र २०७७, शनिबार मा प्रकाशित

युद्धबहादुर बोहोरा / पाँचथर,

घुर्बिसे पञ्चमी बजारमा बन्न लागेको कवर्डहलको विषयप्रति उठेका असन्तुष्टि बारे शुक्रबार फाल्गुनन्द गाँउपालिका कार्यलयमा छलफल सम्पन्न भएको छ ।

प्रदेश सरकारबाट बजार क्षेत्रलाई अनुकुल हुने वडा नं. –५,फाक्तेप आसपास पाँच सय मिटर भित्र कवर्डहल निर्माण गर्न रकम प्राप्त भएपछि कार्यपालिकाबाट स्थान निर्धारणको निर्णय पश्चात कार्यलयले बोलपत्र आव्हान गरि प्रकृया अगाडि बढाएको थियो ।

यसैबीच, निर्माण स्थानको विषय लिएर असन्तुष्ट पक्षले बुझाएको ज्ञापनपत्र,बजार व्यवस्थापन समितिको धारणा,स्थानीयको सुझाव साथै बुद्धिजीवीहरुको सल्लाह र जनभावनाको कदर गर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने अभिप्रायले अन्तरक्रिया सहित छलफलको आयोजना गरिएको गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङले जानकारी दिए ।

अध्यक्ष कुरुम्वाङको अध्यक्षतामा बजार व्यवस्थापन समिति,पार्टी प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि,कार्यपालिकाका केही सदस्य,खेलकुद प्रेमी,कर्मचारी,जनप्रतिनिधि तथा स्थानीय बुद्धिजीवीको सहभागिताकमा अन्तरक्रिया सहितको छलफल भएको हो ।

छलफलमा आ–आफ्नो धारणा राख्ने क्रममा बजार व्यवस्थापन समितिले इलाम र पाँचथरको सिमावर्ती दुई स्थानीय तहको एउटा सिङ्गो घुर्बिसे पञ्चमीे बजारलाई विकसित गराउनु पर्नेमा सरोकारवाला निकायलाई ध्यानकर्षण गराएको छ । विगत लामो समय देखि दुवै स्थानीय तहमा बजारको कर बाँडफाँड, खेलमैदान,मन्दिर,खानेपानी लगायतका योजनाहरु सहकार्यमा संचालन गर्दै आएको हुँदा वर्षौं देखिको बजारबासीको सद्भाव कायम राख्दै बजार क्षेत्रलाई पायक पर्ने स्थानमा कवर्डहल निमार्ण गर्न अनुरोध गरेको छ ।

त्यस्तै, नेपाली काँङ्ग्रसे पार्टी,फाल्गुनन्दले कार्यपालिकाको बैठकले क्षेत्र अधिकार भन्दा बाहिर कवर्डहल बनाउन गरेको निर्णय फिर्ता लिन माग गर्दै,नम्स अनुसार पालिकाको स्वामित्व रहने ठाँउमा संरचना निर्माण गर्न प्रेस विज्ञप्ती सहित विवाद समाधान गर्न अपिल गरेको छ ।यस अघि असन्तुष्ट पक्षले बुझाएको ज्ञापनपत्र पनि पुरानै एजेण्डालाई निरन्तरता दिने धारण अघि सारेको छ ।

पालिकाको स्वामित्व भित्र कवर्डहल रहनु पर्छ भन्ने स्थानीयको मनसायलाई मध्यनजर गर्दै उठेका सवालहरुमा केन्द्रित भएर अध्यक्ष कुरुम्वाङले राय प्रस्तुत गरेका थिए । कार्यालयले जग्गा प्राप्तीको लागि जग्गा दिने आशयको सुचना प्रकाशन पश्चात वडा नं –५ का जग्गा दाताबाट देखाइएको स्थान प्राविधिक पक्षबाट उपर्युक्त ठहर नभए पछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को प्रयोग गरि दुवै स्थानीय तहका बजार बासिन्दा लाभान्वित हुने उदेश्यले फाकफोकथुम गाँउपालिकाको सहकार्यमा बोलपत्र आव्हानको प्रकृया अगाडि बढाइएको बताए ।

हरेक ठाउँको सीमावर्ती क्षेत्रका यस्तै समस्या उत्पन्न हुने गरेको बताउँदै निकासको लागि कार्यपालिकाको बैठकमा छलफल गरिने आश्वसन दिए । उनले भने, ‘विकास निर्माणमा सबै एकजुट हुँनुको विकल्प छैन,यस क्षेत्रको दिगो विकास र समृद्धिको लागि सम्बन्धित निकाय संगको पहलमा सक्रिय छु ।’ तैपनि कतिपयले राजनितिक आक्षेप र प्रतिशोधको ढंगबाट तुच्छ भाषा सामाजिक सञ्जालमा हालेर चरित्र प्रर्दशन गर्नु जायज नहुँने भन्दै, त्यसो नगर्न आग्रह गरे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here