मोटरसाइकल चलाउन लगाएर कर्दले रेटेर हत्या

0
1133

 

बिर्तामोड, झापाको शिवसताक्षी नगरपालिका – ११ का २९ वर्षीय गोमनसिंह मगरलाई आफ्नै साथीले हत्या गरेको खुलेको छ । मगरको गत भदौ १६ गते हत्या भएको थियो । उनको हत्यामा सम्लग्न भएको आरोपमा सोही ठाउँका ३२ वर्षीय मनकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका लिम्बूलाई प्रहरीले मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ अन्तरर्गत ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिमको मुद्धा दायर गरेको छ ।

लिम्बूले गत भदौ १६ गते साँझ मगरलाई भेट्न बोलाई फ्रेस हुन भन्दै शताक्षी धाम तर्फ लगेको र उनको हत्या गरेको प्रहरीले जनाएको छ । झिलझिले बजारमा भेट भएका उनीहरु साझ प्रदेश ०१– ०१०१२ प ५२२५ नम्वरको मोटरसाइकलमा शताक्षीधाम तर्फ हावा खान गएको र सो क्रममा मोटरसाइकलको पछाडि बसेका लिम्बूले कर्द प्रहार गरी मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले बताए । हत्या अघि लिम्बूले मगरलाई मोटरसाइकल बिस्तारै चलाउन भनेका थिए प्रहरी उपरीक्षक कोइरालाले भने – मगरले मोटरसाइकल विस्तारै चलाएको अवस्थामा लिम्बूले कर्दले गर्धनमा रेटेर मगर ढलेपछि मोटरसाइकल डो¥याउँदै केही पर लगेर लुकाएको शव झाडीमा फालेको अनुसन्धानबाट खुलेको छ ।

कर्द प्रहार गर्दा सडकमा लडेका मगरलाई पुनः घाटीमा पटक–पटक कर्दले प्रहार गरी मारेर सडकको नालीमा फालेको र घटनासँग सम्बन्धित सबुद प्रमाणहरु (मृतकले साथमा बोकेको आईफोन मोबाईल, धारिलो हतियार कर्द र आफ्नो मोबाईल) झिलझिलेको खोलामा फालेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

साथीको हत्या आरोपमा पक्राउ परेका लिम्बू ।

प्रमाण नस्ट गर्न लिम्बूले खोलामा सबै सामान फालेको र आफूपनि नुहाएर मात्रै घर गएको बताइएको छ ।

मगर गत माघ महिनामा बहराइनबाट नेपाल आएका थिए । आरोपी लिम्बू पनि बहराइनबाट फर्किएका व्यक्ति हुन् । दुई जनाबीचको लेनदेनको विवादले घटना घटेको हो प्रहरी उपरीक्षक कोइरालाले भन्नुभयो – लिम्बूको बयानका आधारमा गरिएको अनुसन्धानका क्रममा मृतक र लिम्बूले प्रयोग गरेको दुई वटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here