झापा ।

बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा जना १ हजार ८१८ जना निको भइ घर फर्किएका छन्। यी सहित हालसम्म निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ।
पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म मृतक ३१७ जनामा कोरोना पुष्टि भएको छ। २१ जनाकाे विभिन्न अस्पतालमा भेन्टिलेटरकाे सहायतामा उपचार भइरहेकाे छ।
पछिल्लाे २४ घण्टामा ११ हजार १ सय ४४ जनाकाे पिसिआर परीक्षण भएकाे छ। हालसम्म ८ लाख १० हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।
यसैबीच प्रदेश १ गएको २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको हो ।
सुनसरीको इटहरीमा ८ महिला र ६ पुरुष, दुहवीमा १ महिला र ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, धरान र बर्जुमा १–१ पुरुष, संखुवासभाको खाँदबारीमा २० पुरुष, सिलिचोङमा १ पुरुष र चिलिलामा १ महिलामा कोरोना देखिएको छ । यस्तै मोरङको विराटनगरमा २ महिला र ४ पुरुष, रतुवामाईमा ३ महिला र २ पुरुष, पथरीशनिश्चरेमा १ महिला र १ पुरुष, कटहरी र सुनबर्षीमा १–१ पुरुष तथा रंगेलीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
झापाको शिवसताक्षीमा २ महिला र ५ पुरुष, कमल गाउँपालिका र बा¥हदशीमा १–१ पुरुष, दमकमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुष, पाँचथरको फिदिममा २ पुरुष, मिक्लाजुङमा १ पुरुष, फालेलुङमा १ महिला, भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १–१ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, इलामको चुलाचुलीमा १ महिला र १ पुरुष तथा प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४९८ पुगेको छ ।
प्रदेश १ मा बिहीबार ५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९५३ पुगेको छ । बिहीबार १ हजार ५११ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म १ लाख ४ हजार ८४४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।





























