उदयपुर ।

उदयपुरको कटारी नगरपालिका–११ लखनथुम्का ५० बर्षीया डोरकुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको छ ।
हत्याका संलग्न २५ बर्षीय बिनोद भन्ने रोशन राना मगरलाई प्रहरीले पक्राउ गरेको छ । घरमै बसीरहेकी राउतलाई उनकै घरमा आएर मगरले एक्कासी लछार पछार गर्नुका साथै, साथमै बोकेको खुकुरीले शरिरका बिभिन्न ठाँऊमा अन्धाधुन्द प्रहार गर्दा राउतको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकरी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले हत्या गरेर फरार रहेका मगरलाई कटारी नगरपालिका –११ हात्तीसुँडे स्थित जङ्गलबाट आज बिहान साँढे ११ बजे नियन्त्रणमा लिएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।































