
बुद्धशान्ति – झापाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको पूर्वेली साप्ताहिक पत्रिकाले आफ्नो प्रकाशनको पाचौं बर्ष पूरा गरि छैटौं बर्षमा प्रवेश गरेको छ।
बुद्धशान्ति मिडिया हाउस प्रालीद्वारा प्रकाशित पत्रिका बि. स.२०७१ सालमा बिधिवत रूपमा दर्ता भएको थियो ।
पूर्वेली प्रेस काउन्सिल नेपालद्वारा स्थानीय ‘ख’ श्रेणीको वर्गीकृत पत्रिका हो । झापा जिल्लाका विभिन्न स्थानीय तहमा तथा इलामका केही स्थानमा प्रत्यक्ष वितरण हुँदै आएको पत्रिकाका अध्यक्ष चन्द्र कोईरालाले बताएका छन् ।
प्रविधिको विकाससँगै पत्रिकाले अनलाइन समेत सुरु गरेको छ । अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको पत्रिकाका सम्पादक अनिल वाग्लेले बताएका छन् ।
जिल्लाको उत्तरी भेगमा सञ्चार माध्यमको विकास नभएको बेला बुद्धशान्ति गाउँपालिकालाई आफ्नाे मुख्य कार्यक्षेत्र बनाई कार्यलय स्थापना गरि जनतालाई सुशुचित पार्ने उद्देश्यले निरन्तर प्रकाशन भइरहेको छ । पत्रिका प्रत्येक बुधबार प्रकाशित हुने गरेको छ ।
पत्रिकाका सम्पादक अनिल वाग्लेले `स्थापना कालदेखि यहाँ सम्मको यात्रामा सहयोग पुर्याउनुहुने संचालक समिति, सम्पूर्ण विज्ञ लेखक, पाठक, सहकर्मी संवाददाता, विज्ञापनदाता तथा शुभचिन्तकहरुको सदैब माया ममता र सदभाव रहने कुरामा विश्वस्त छौं´ भनेका छन् ।






























