पातन्जल योग समिति नेपालको झापा, मोरङ, सुनसरीमा नयाँ नेतृत्व

0
1051

बिर्तामोड, पातन्जल योग समिति नेपाल जिल्ला कार्य समिति झापा सहित मोरङ र सुनसरीको नयाँ नेृतत्व चयन भएको छ । जुम प्रविधिका माध्यमबाट झापाको अध्यक्षमा सीताराम खतिवडा, मोरङमा केदाार रिजाल र सुनसरीमा हेम राई चयन भएका छन् । नयाँ नेतृत्व चयनका विषयमा पातान्जल योग समिति प्रदेश १ का केशव ताम्राकारले जुम प्रविधिबाट नै नेतृत्व चयनको घोषणा गरेका थिए ।

प्रदेश १ का अध्यक्ष गंगाप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमले झापाको उपाध्यक्षमा श्याम लुवागुन, सचिवमा रुपक श्रेष्ठ, कोषाध्यक्ष लीला वन भारती रहेका छन् । सदस्यहरुमा सीता पोखरेल, खड्ग श्रेष्ठ, लक्ष्मी प्रोडेल, उर्मिला ढकाल, डा.रमेश पोखरेल, टोम राजवंशी, ओमप्रसाद मैनाली रहेका छन् । त्यस्तै कुलवहादुर वस्नेत, दुर्गा न्यौपाने, देवु भण्डारी, सुरेश श्रेष्ट, प्रमिला गौतम, जयप्रसाद पोखरेल र सपना निरौला ढकाल सदस्य रहेको बताइएको छ ।
कार्यक्रममा वाल मुकुन्द सुवालका सस्थापक एवम् केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदी, समितिका केन्द्रीय सल्लाहकार होमप्रसाद गौतम, केन्द्रीय सदस्य योगी मनिराज डाँगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here