भ्रामक र गलत समाचार रोकथाम सम्वन्धी दुई चरणको तालिम सम्पन्न

0
708

काठमाडौँ ।

प्रेस र अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमालामो समयदेखि कार्यरत संस्था मिडिया एक्सन नेपालले काठमाडौंस्थित अमेरिकीदुतावासँगको सहकार्यमाइलाम, झापा र पाँचथरकापत्रकारहरुलाई लक्षित गरीआयोजना गरेको भ्रामक र गलत समाचार रोकथामसम्वन्धीदुई चरणको तालिमवुधबार एक औपचारिक समारोहकाविच समापनगरिएको छ ।

समापन समारोहमाराष्ट्रिय सभाकाअध्यक्ष गणेशप्रसादतिमल्सीना, नेपालकालागि अमेरिकी राजदुत ¥याण्डी बेरी, मिडियाएक्सन नेपालकाअध्यक्ष लक्ष्मणदत्त पन्त र नेपालपत्रकार महासँघका सभापतिगोविन्दआचार्य, नेपालस्थित अमेरिकीदुतावासकाउच्चअधिकारीलगायतकोउपस्थितिथियो । समापनकार्यक्रम समारोहलाई सम्बोधनगदै राष्ट्रिय सभाका अध्यक्ष तिमल्सीनाले मिडियालाई कसरी विश्वसनीयबनाउँने भन्ने विषयमाकार्यक्रमआयोजना गरेकोमा मिडिया एक्सन नेपालप्रति हार्दिक आभार व्यक्त गरे ।

उनले भने, ‘नेपालको संविधानधारा १९ मा सञ्चारको हकमार्फत विचार अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितगरिएको छ । अहिले संचार सबै मानिसको दैनिकआवश्यकताको रुपमा स्थापितभईसकेको छ । हाम्रा संचारमाध्यमहरु पूर्ण रुपमा स्वतन्त्र छन्, यो लोकतन्त्रको सुन्दर पक्षपनिहो ।’ उनले मिडियाले आफ्नो अधिकार उपयोग गर्दा अरुको अधिकार हननगर्न नहुने बताउँदै मिडिया राष्ट्रिय हितको आफ्नो दायित्वबाट टाढा रहननसक्ने भन्दै उनले मिडिया एक्सन नेपालले भ्रामक समाचारसम्वन्धीशोध पुस्तकप्रकाशन गरेकोमा हार्दिक आभार समेत व्यक्तगरे ।

उनले भने‘हामीले आफ्नो अधिकारकोप्रयोग गर्दा अरुको अधिकार हनन् भएको छ किभन्ने कुरामाअत्यन्तध्यान दिनुपर्छ । संचार माध्यममार्फत कुनै विषय सार्बजनिक भईसकेपछि सच्याउने विषय कठिन हुन्छ ।’ पत्रकारिताकाआधारभुत सिद्धान्तको पालनागर्न पत्रकारको दायित्वभएको बताए ।

नेपालकालागि अमेरिकी राजदुत ¥यान्डी बेरीले भ्रामक र गलत समाचारलाई कसरी सामनागर्ने भन्ने विषयअहिले नेपालको मात्रनभई विश्वको नै एउटा महत्वपूर्ण विषयभएको बताए । उनले मिडिया एक्सन नेपालले केही समय अगाडी गलत र भ्रामक समाचारसम्वन्धी गरेको अध्ययन र त्यसमाआधारित प्रकाशन यस क्षेत्रको पायोनियरिङ कामभएको भन्दै प्रशंसा गरे ।

उनले भने ‘पाठक र दर्शकको ध्यानखिच्ने र समाचार ब्रेकिङ गर्ने प्रतिस्पर्धाकाकारण उपयुक्त फ्याक्ट चेकिङ नभई समाचार सम्प्रेषण हुने गरेको मात्रहोइन्, अतिरन्जित समाचार शीर्षकहरु समेत राख्ने गरेको पाइन्छ ।’ उनलेगलत र भ्रामक समाचारको नकारात्मक असर हुने भन्दै यसले पब्लिकलाई मिसलिड गर्ने मात्रहोइन सही सूचनाप्राप्तगर्ने अधिकारबाट जनतावञ्चितहुने समेत बताए । यतिमात्रहोइन, गलत र भ्रामक समाचार र सूचनाको कारणले गलत निर्णयहरु हुनसक्ने र त्यसले समाजलाई नकारात्मक असर गर्ने समेत बताए।

नेपालपत्रकार महासँघका अध्यक्षगोविन्दआचार्यले मिडिया एक्सन नेपालले अमेरिकीदुतावाससँगको सहकार्यमा महत्वपूर्ण कार्य गरेको बताए। उनले संचार माध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने बताउँदै गलत सूचना सम्प्रेषण गरेमा संचारमाध्यमप्रतिजनताको विश्वास गुम्ने बताए । आचार्यले भने,‘सञ्चारमाध्यमले फैलाउने गलत सूचनाले समाजमा ठूलो असर गर्नसक्छ । समाजमाकुनै विषयतगलत र भ्रामक समाचर फैलिएमात्यसबारे जनतालाई सत्यतथ्यजानकारी गराउने दायित्वपनि मिडियाकै हुन्छ ।’


सञ्चार विज्ञ तथामिडिया एक्सन नेपालकाअध्यक्ष लक्ष्मणदत्त पन्तले तालिममा सहभागिपत्रकारहरुले पत्रकारिताका नैतिकमानक, भ्रामक र मिथ्या समाचार, सूचनामहामारीको रोकथामका सूचकहरू, वैदेशिकनीतितथा मिडिया, तस्विरको आधिकारिता, लैङ्गिक संवेदलेनशीलपत्रकारितालगायतकाविषयमा स्वदेशीतथाविदेशी विज्ञहरूले तालिमप्रदान गरेको बताए ।
तलिम झापा, इलाम र पाँचथर जिल्लाका ३०जनापत्रकाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममलाई सम्वोधनगदै काठमाडौँ स्थित अमेरिकादुतावासका सूचना विज्ञ प्रेरणा मरासिनीले पत्रकारिता पेशालाई सबल र सक्षमबनाउने उदेश्यले सो कार्यक्रमआयोजना गरेको बताउँदै समाजकालागिजिम्मेवार पत्रकारिताको निकै महत्व रहेको बताइन ।

उनले पछ्रिल्लो समयमा सूचनाको स्रोत बढेसँगै चुनौतीपनिथपिएको र यसलाई कसरी सामनागर्ने भन्ने विषयप्रमुखरहेकोे र सहभागीले तालिममाप्राप्त गरेको ज्ञानलाई व्यवहारमालागु गर्ने विश्वास व्यक्त गरिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here