पिताको स्मृतिमा बिद्यालयमा अक्षयकोष

0
152

गणेश अर्याल /इलाम ।

आफ्ना स्वर्गीय पृयजनको स्मरण रहिरहनका लागि सन्तानले धेरै प्रयास गर्दछन् । कतिले सार्बजनिक स्थानमा चौतारो निर्माण गर्दछ । कतिले पानी धारो बनाइदिन्छन । खेलकुद प्रतियोगिता सञ्चालन गराएर पनि स्मृतिमा राखिराख्ने प्रयास गर्छन । तर इलाममा एउटा प्रधान परिवारले भने स्वर्गीय बुवाको स्मृतिमा बिद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन ।

रोङ गाउपालिका ६ रम्याङका स्वर्गीय कृष्णबहादुर प्रधानका परिवारले सरस्वती माध्यमिक बिद्यालयमा एकलाख ५० हजार रुपैयाको अक्षयकोष स्थापना गरिदिएका छन् । बुवाको निधनको १२औ दिनमा काजकृया गरिरहेकै ठाउमा बिद्यालयलाई सो रकम उल्लेख भएको चेक हस्तान्तरण भएको छ ।

१ लाख ५० हजार ५५१ रुपैया रकम लेखिएको चेक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम साङपाङ राई र प्रधानाध्यापक गोबिन्द पौडेललाई सम्युक्त रुपमा हस्तान्तरण भएको छ ।
आफु हुर्के बढेकोगाउ र कखरा शुरुगरेको बिध्यालयका बिद्यार्थीहरुको हितमा प्रयोगहोस भनेर बुवाको नाममा अक्षय कोष स्थापना गरिएको छोरा केशर प्रधानले बताउनुभयो।

बिद्यालयमा अक्षय कोषको स्थापनाले बिद्यालय सचालनमा सहयोग पुग्ने बिद्यालयका प्रधानाध्यापक गोबिन्द पौडेलले बताउनु भयो । “अक्षयकोषलाई कार्यबिधि बनाएर दाताको परामर्षमा उचित तरिकाले ब्यवस्थापन गर्ने छौ” प्रधानाध्यापक पौडेलले भन्नुभयो,–“ अक्षयकोष स्थापनाको सहि निर्णय गर्नुहुने स्वर्गीय कृष्णबहादुर प्रधानका परिवार धन्यबादका पात्र बन्नु भएको छ” ।

२०१४ सालमा स्थापना भएको सरस्वती माध्यमिक बिद्यालय रम्याङमा यसभन्दा अघि कुनैपनि अक्षय कोष नरहेकोले यस सम्बन्धी कार्यबिधिको खोजि अध्ययन र ब्यवहारमा ल्याउने प्रयास हुने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम साङपाङ राईले बताउनुभयो ।

बि स २००७ साल कार्तिक १० गते जन्मिनुएका कृष्ण बहादुर प्रधानको ७४ बर्षको उमेरमा २०८१ भदौ २४ गते निधन भएको थियो । उहाको एक श्रीमती दुईछोराहरु केशर र युध्द प्रधान र एकछोरी धनकुमारी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here