अर्जुनधारा ।
झापाको अर्जुनधारामा जारी नगरस्तरिय अन्तर माध्यमिक विद्यालय छात्र भलिबल प्रतियोगिता–२०८१को फाइनलमा आयोजक लक्ष्मी माध्यमिक विद्यालय ‘बी’ र रुपरत्न मेमोरियल बोर्डीङ स्कूलले प्रतिस्पर्धा गर्ने भएको छ ।
प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा रुपरत्न मेमोरियलले शनिश्चरे माविलाई तथा अन्तिम सेमीफाइनल खेलमा आयोजक लक्ष्मी मावि ‘बी’ले जनता माविलाई पराजित गर्दै फाइनलमा दुवै टिमले प्रतिस्पर्धा गर्ने भएको हो ।
विद्यालयका शिक्षक एवम् खेल विभागका सदस्य सुशिल ढुङ्गेलका अनुसार रुपरत्नले शनिश्चरे माविलाई २५–१६, १५–७ र २०–२५को सेटमा र आयोजक लक्ष्मी मावि ‘बी’ले जनता माविलाई २५–११, १५–१३ र १९–२५को सेटमा पराजित गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल भोलि(शनिबार) विहान ८ बजे हुने बताइएको छ । नजिकिदै गरेको नेपालीहरुको साझा चाड विजया दशमीको अवसरमा अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश क्रमश २० हजार पाँच र १५ हजार पाँचसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।