अलकत्रा, बालुवा र गिट्टीले टालटुले काम, १५ दिनमै उस्तै

0
651

सर्लाही,

सर्लाहीमा पर्ने पूर्वपश्चिम लोकमार्गका विभिन्न स्थानमा परेका खाल्डाका कारण दैनिक दुर्घटना हुँदासमेत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यान जान सकेको छैन ।

स्थानीयवासीले लोकमार्गका खाल्डाको विषयमा पटकपटक सडक डिभिजन कार्यालयलाई जानकारी दिएका छन् तर सडक डिभिजन कार्यालय निर्माणको चरणमा रहेको भन्दै डिभिजन कार्यालय पन्छिने गरेको छ ।

पानी परेपछि हिँड्नै नहुने गरी आहाल हुने गरेको छ भने सडकमै ठूलाठूला खाल्डा भएकाले पैदलयात्रीहरूलाई हिँडडुल गर्न समस्या हुन थालेको छ । सो विषयमा सडक डिभिजन कार्यालयका प्रमुख दरोगा साहलाई पटकपटक गुनासो गर्दासमेत ध्यान नदिएको लालबन्दीका स्थानीय युवा रमेश अधिकारीले बताउनुभयो ।

केही महिनापहिला सो सडकखण्डमा परेका खाल्डा अलकत्रामा गिट्टी र बालुवा मिसाएर टाल्ने काम भएको थियो तर पछिल्लो समय आएर सडकको आवस्था जस्ताको तस्तै भएपछि स्थानीयवासीले सरकारी कामप्रतिको चरम लापारवाहीको चर्को विरोध गरेका छन् ।

सो सडकखण्डका विभिन्न स्थानका खाल्डा ज्यानमारा धरापका रूपमा परिणत हुँदै आएका बेला सडक डिभिजन कार्यालयले खाल्डा पुर्न गुणस्तरहीन सामग्री प्रयोग गरेको लालबन्दीका एक स्थानीय युवा लक्ष्मण खड्काले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here