अझैं रोकिएन हात्तीको उपद्रो

0
475

दीपेन लावती
धुलावारी,मंसीर १३ ।  3 भारतीय सीमा छिचोल्दै हूल बाँधेर नेपाल पस्ने जंगली हात्तीको आतंकका कारण पूर्वोत्तर झापाका बासिन्दा पाँच दशकदेखि प्रताडित वनेका छन्  ।

हात्ती आतंक नियन्त्रणका लागि धेरै प्रयास भए पनि ती सबै निस्प्रभावी साबित भएका कारण सो क्षेत्रका स्थानीय लाको समयदेखि पीडित वनेका छन् ।  भारतको असमबाट हात्ती सोझै नेपाल पस्छन् । विशेष गरी बाहुनडाँगी, शान्तिनगर, बुधबारे, खुदुनाबारी, मेचीनगरलगायतका क्षेत्र अत्यधिक प्रभावित मानिन्छन् । विज्ञहरुका अनुसार यी क्षेत्र हात्तीको  कोरिडोर भएका कारण समस्या समाधान हुन नसक्ने जिकिर गर्दै आएका छन् ।
यसरी भारतवाट सिधैं आउने हात्तीका कारण वाहुनडाँगी र आसपासका वासिन्दा चिन्तित वनेका छन् । वर्षभरी खाने अन्न भित्र्याउने समयमा हुलका हुल हात्ती आएर खेतमा लगाएको धानवाली क्षण भरमै सखाप पार्न थालेपथि सो क्षेत्रका स्थानीय झन चिन्तित वनेका हुन् । जंगली हात्तीको दिर्घकालीन रुपमा समस्या समाधान नभएकै कारण पछिल्लो समय बाहुँनडागी –३ का डिल्ली विश्वकर्माको एक बिगाहा खेतमा लगाइएको धानवाली हात्तीले नष्ट गरेको छ भने अन्य पाँचजना कृषकको समेत वालीमा क्षती पु¥याएको वताइएको छ । शुक्रवार विहानै धरधरे गाउँ छिरेका नौ वटा हात्तीले अन्नवाली नष्ट गर्दै उपद्रो मच्चाएपछि  स्थानीय चिन्तित वनेको तिरिङ्ग प्रहरी चौकीले जनाएको छ । बिगत बर्षहरुमा पनि हात्तीले सो क्षेत्रमा मानवीय क्षतिसहित  लाखौ मुल्य बराबरको हानी नोक्सानी पु¥याउदै आएपछि हात्ती नियन्त्रणका लागी स्थानीयले प्रसासनसंग सहयोग मागे पनि हालसम्म कुनै सहयोग नपाएको स्थानीको गुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here