झापा कारागारबाट १३ कैदी रिहा

0
956

झापा।

झापा कारागार भद्रपुरबाट १३ जना कैदी बन्दी रिहा भएका छन् । कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु मध्येबाट झापा कारागारबाट १३ जनालाई संविधान दिवसको अवसरमा सरकारले माफी मिनाहा दिएसँगै उनीहरूलाई शनिवार रिहा गरिएको कारागार प्रशासनले जनाएको छ ।

माफी मिनाहा पाई रिहा भएकाहरू शान्तिराम भट्टराई, रामु भन्ने राम दर्जी, अनिल कटवाल, राजु सेर्मा लिम्बू, लोदे सोरेन, अनीश प्रसाईँ, द्रोणाचार्य सङ्ग्रौला, इन्द्र राजवंशी, रोशन खड्का, टेकनाथ चौधरी, कृष्ण महतो, राजकुमार ऋषिदेव र हरिभक्त सङ्ग्रौला रहेको जनाइएको छ ।

कानुनले सिफारिस गर्न नमिल्ने भनी तोकिएको मुद्दा बाहेक असल चालचलन भई ५० प्रतिशत कैद भूत्तान गरेका कैदी बन्दीले माफी मिनाहा पाएको कारागारका जेलर राजेन्द्र गौतमले बताए ।

झापा कारागारबाट १९ जनाको नाम सिफारिस गरी पठाएकोमा मन्त्री परिषद्को निर्णयले राष्ट्रपतिबाट १३ जनाको नाम स्वीकृत भएर आएको उनको भनाई छ । संविधानको धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन०ऐन, २०७४को दफा ३७, फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम संलग्न विवरण अनुसारका कैदीहरूलाई बाँकी कैद छोट्टाइ माफी मिनाहा दिने निर्णय भएको थियो ।

हाल कारागारमा १ हजार ७३ पुरुष र ५ आश्रित ९बालबालिका०सहित ८१ जना महिला रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here