भद्रपुरमा २३१ जना नेपाली काँग्रेसमा प्रवेश

४ आश्विन २०७७, आईतवार मा प्रकाशित

भद्रपुर ।

विभिन्न पार्टी परित्याग गरी भद्रपुरमा २१३ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

भद्रपुर नगरपालिका २ नम्बर वडास्थित बी गाउँमा तत्कालीन एमाले, माओवादी र राप्रपा पार्टी परित्याग गरी उनीहरू प्रवेश गरेको तरुण दलका क्षेत्रीय सभापति खड्ग सुब्बाले जानकारी दिए ।

नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको नयाँ सदस्यता वितरण कार्यक्रममा काँग्रेसका जिल्ला सदस्य विजय रिजाल, सुरेश गिरी, भद्रपुर नगर सभापति मोहन महर्जन, तरुण दलका उपसभापति फागु सुब्बा, क्षेत्रीय सदस्य नारन दाहाल, प्रकाश उप्रेती, नगर सचिव राम कँडेल र सह सचिव नरेन्द्र चम्लागाई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here