नेपाल प्रेस युनियन पाँचथरको अध्यक्षमा भण्डारी

0
604

पाँचथर,

नेपाल प्रेस यूनियन पाँचथरको अध्यक्ष पदमा जितेन्द्र भण्डारीले पद बहाल गर्नुभएको छ ।
गत ०७५ असोज ५ गते भएको यूनियनको पाँचौ जिल्ला अधिवेशनमा भएको सहमति बमोजिम भण्डारीले मंगलबार पद बहाल गर्नुभएको हो ।


नेपाल प्रेस यूनियन निर्वाचन समितीले भण्डारीलाई पद बहाल गरेको हो । पद बहालपछि वोल्दै भण्डारीले प्रेस यूनियनको संगठनलाई मजबुत बनाउन आफू कुनै कसर बाँकी नराख्ने बताउनुभयो । निर्वाचन अधिकृत नन्द नेम्बाङ,चन्द्र भण्डारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रेस यूनियनका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश १ सदस्य विपेन्द्र गौतम, प्रेस यूनियन पाँचथरका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना लगायत,कार्यसमिती सदस्य,प्रदेश तथा केन्द्रिय प्रतिनिधिी लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार भण्डारी रेडियो दिव्यवाणी १०१.५ मेगाहर्जको प्रवन्ध निर्देशक,इमेज च्यानल,राष्ट्रिय समाचार समिती लगायत विभिन्न संचार माध्यममा कार्यरत हुनुहुन्छ ।
नेपाल प्रेस यूनियन शाखा निर्वाचन (कार्यविधि) निर्देशिका २०७५ को दफा १६ अनुसार ४ वर्षे कार्यकाल लाई २,२ वर्ष विभाजन गरिएको थियो । जसमा यसअघि अध्यक्षमा भिम कुमार बास्कोटा हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here