२०७७ असोज ७ गते बुधबारको राशिफल

६ आश्विन २०७७, मंगलवार मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

चुनौतिभित्र अवसर खोज्ने समय छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पु¥याउनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ । नतिजा कमजोर देखिनाले काम दोहो¥याउनुपर्ने हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

चुनौतिपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ । अर्थअभावले सताउन सक्छ । लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ । आफन्तबीच आत्मीयतामा कमी आउने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

वादविवादले घर–गृहस्थीमा समस्या निम्त्याउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि मनमा दुविधा कायम रहनेछ । काममा अधिक खर्च हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

चुनौति अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु¥याउनेछ । इष्र्या गर्नेहरू स्वयम्पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मेहनतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जीत हासिल हुनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here