तार चोर पक्राउ

६ आश्विन २०७७, मंगलवार मा प्रकाशित

विराटनगर,

नेपाल टेलिकम विराटनगरका विभिन्न स्थानका तार चोर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ, विराटनगर महानगरपालिका वडा नं ६ बस्ने २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रवीन सहनी र १९ वर्षीय सुमित सहनी छन् ।

जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई महानगरपालिकाको जामुनगाछीबाट टेलिकमको १५० पेयर र २२० मिटर केवल तार र को ९ प ४१५८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

अभियुक्तलाई चोरी ऐनअन्तर्गत कानूनी कारवाही गरिने प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here