रघुरेणुका नाममा सामाजिक श्राद्ध

0
2

सुरुङ्गा।

आफ्ना मातापिता रेणुका तिम्सिना र रघुनाथ तिम्सिनाको स्मृतिमा शिक्षाकर्मी हरिप्रसाद तिम्सिनाले सामाजिक श्राद्धको परम्परा सुरु गरेका छन् ।

कन्काई मावि सुरुङ्गाका अङ्ग्रेजी विषयका शिक्षक तिम्सिना र परिवारजनद्वारा मातापिताको स्मृतिमा धनुषकोटीधाममा आयोजना गरिएको धार्मिक सभामा मातापिताको योगदानको चर्चा गरिएको छ ।

१८ जना बटुकद्वारा स्वस्तीवाचन र श्री मद्भागवत्गीताको पन्ध्रौँ अध्यायको वाचन गरी सुरू भएको कार्यक्रम शिक्षक गोपालचन्द्र कट्टेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

करिाँतेश्वर महादेव धनुषकोटीधाम संसथाको सचिव नारायण पौडेल (कुमार), कोषध्यक्ष अर्जुन सङ्ग्रौला, दोमुखा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुरुङ्गाका व्यवस्थापक रमेश बाराकोटी, अध्यापक गोपाल ढकाल लगायतको आतिथ्य रहेको कार्यक्रममा धनुषकोटी संस्कृत वेद विद्याश्रमका प्राचार्य बालकृष्ण शर्मा, अध्यापक डा. नवराज निरौला, तिम्सिना समाज झापाका सहअध्यक्ष देवीप्रसाद तिम्सिना लगायतले संस्कृत भाषा–साहित्यको संरक्षण र विकास गर्नुपर्ने, पितृको नाममा परोपकारी कार्य गर्नुपर्ने, असहायलाई दानदक्षिणा दिनुपर्ने विषयका जोड दिएका थिए ।

समाजसेवा, सहयोग, दान, सम्मान लगायतका काम गर्ने २०६९ सालमा निधन भएकी माता रेणुका र २०७९ मा निधन भएका पिता रघुनाथको स्मृतिमा स्थापित रधुरेणु तिम्सिना स्मृति प्रतिष्ठानको अक्षयकोषमा १ लाख रुपैयाँबाट बढाएर २ लाख रुपैयाँ पु¥याउने प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद तिम्सिनाले बताए ।

सो अवसरमा १८ जना ब्राह्मण बटुकहरूलाई फलफूल र मिष्ठान्नको भोजन गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here