कामबाट हटाउने कार्य बन्द गर्न आग्रह

0
653

विराटनगर,

नेपाल पत्रकार महासंघ प्रदेश न.१ समितिले कोरोना भाइरसको महामारीको समयमा जोखिम मोलेर आफ्नो भूमिका निर्वाह गरिरहेका पत्रकारलाई सञ्चार गृहले नियमित पारिश्रमिक नदिनु, न्युन पारिश्रमिक दिनु, बेतलबी बीदामा राख्नु र कामबाटै निकाल्नु गैरकानुनी र आपत्तीजनक भएको जनाएको छ ।

समितिले आज यहाँ विज्ञप्ति जारी गर्दै नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकले नियमित पारिश्रमिक नदिएको तथा पूर्वजानकारीविनै जागिरबाट निकालेको विरोधमा प्रदेश न. १ अन्तर्गत पत्रकार महासंघ सुनसरीका सदस्यसमेत रहनुभएका सुविद गुरागाईको नेतृत्वमा सोमबारदेखि शुरु भएको सत्याग्रहप्रति महासंघ प्रदेश समितिले ऐक्यबद्धता जनाएको छ ।

पत्रकार गुरागाईलाई इमेल पठाएर बन्दाबन्दीको समयमा जागिरबाट हटाइएको थियो । सो मिडियामा आबद्ध यस प्रदेशमा कार्यरत अधिकांश पत्रकारले पनि पछिल्लो समयमा नियमित पारिश्रमिक नपाएको बुझिएको छ ।

समितिका महासचिव विवेक गौतमले सहज अवस्थामा मिडियाको हैसियत वृद्धि हुँदा त्यसको फाइदा सबै सञ्चालकले लिने र महामारीमा श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने तथा कामबाट हटाउने कार्य तत्काल बन्द गर्न माग गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here