प्रहरीद्धारा इलामका विभिन्न स्थानबाट अवैध मदिरा बरामद

0
896

गणेश अर्याल/ इलाम,

इलामका बिभिन्न स्थानबाट प्रहरीले अबैध मदिरा नियन्त्रणमा लिएको छ । इलाम नगरपालिकाको जिरो किलो मिटर फिक्कल र मानेभञ्ज्याङबाट प्रहरीले अबैध भारतीय सिक्किमे मदिरा बरामद गरेको हो ।

इलाम नगरपालिका–७ को जिरोकिलोमिटरमा नियमित चेक जाँचको क्रममा १२३ बोतल भारतीय सिक्किमे मदिरा बरामद गरेको छ भने मानेभञ्याङ र फिक्कलको बिभिन्न होटलबाट पनि मदिरा बरामद गरिएको जिलला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मदिरा ओसारपसारमा प्रयोग भएको मे १ ज २१७६ नम्बरको मारुती भ्यान र त्यसको चालक सूर्योदयन गरपालिका २ का २९ बर्षका पूर्णकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी जिल्लाकै सूर्योदय नगरपालिका १० नयाँचोक स्थित कल्पना तामाङले संचालन गरेको जिम्बा होटल, डम्बर प्रधानले संचालन गरेको एभरेष्ट होटल र पदम प्रधानको होटलबाट भारतीय सिक्किमे मक्स प्रहरीले बरामद गरेको हो ।

लुकाई छिपीई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटिएको टोलीले होटलहरुमा खानतलासी गरेको जनाइएको छ । सो क्रममा जिम्बा होटलबाट एक सय ४१ बोतल, एभरेष्ट होटलबाट ४८ बोतल र प्रधानको होटलबाट ४८ बोतल गरी जम्मा दुई सय ३७ बोतल भारतीय सिक्किमे मक्स नामको मदिरा बरामद गरेको प्रहरीले जनाएको छ । बरामद सामानलाई प्रहरीले कर दाता सेवा कार्यालय इलाममा बुझाईएको जिल्ला प्रहरी कार्याल इलामका सूचना अधिकारी लालध्वज सूबेदीले बताए ।

त्यस्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले सोमबार बिहान मानेभञ्ज्याङ नजिकै जंगलबाट भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउदै गरेको करिब एक लाख ३६ हजार ४ सय ८० रुपंैया बराबरको ३० कार्टुन ईण्डीयन रेडबुल र पाँच कार्टुन भाडामाज्ने साबुन पनि बरामद गरेको छ । बरामद भएको सबै सामानहरु करदाता सेवा कार्यालय इलाममा आवस्यक कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here