अर्जुनधारामा लालीगुँरासद्धारा कुटानी पिसानी मिल सञ्चालन

0
777

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८स्थित लालीगुँरास महिला कृषि सहकारी संस्था लि.ले मंगलबारदेखि कुटानी पिसानी मिल सञ्चालनमा ल्याएको छ ।

स्थानीयस्तरमा मिसावटयुक्त खाद्यान्न सामग्रीको प्रयोगलाई न्यूनिकरण गर्ने उद्धेश्यले उक्त मिल सञ्चालनमा ल्याएको संस्था सञ्चालक समितिकी सदस्य हीमा विष्टले बताइन् ।
प्रारम्भिक लगानी ७० हजार रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको उक्त मिलको प्रमुख अतिथि नगर उपप्रमुख कमला खतिवडा आचार्य र वडाध्यक्ष गोपीचन्द्र गौतमले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

दुई वटा मेसिनमार्फत् कोदोको पिठो, मकैको चामल, फापरको पिठो, बेसारको धुलो, जीरा धनियाको मसला तयार गरिने समितिकी अध्यक्ष मेनुका पौड्यालले जानकारी दिइन् । “चाँडै मिल दर्ताको प्रक्रिया सुरु गरी उत्पादन हुने सामग्रीहरुको बजारीकरण हामी आफैंले गर्ने लक्ष्य लिएका छौं”–उनले बताइन् ।

जसअनुसार कोदोको पिठो प्रति केजी एक सय तीस रुपैयाँ, मकैको चामल प्रति केजी ८० रुपैयाँ, फापरको पिठो प्रति केजी एक सय ६० रुपैयाँ, बेसारको धुलो प्रति केजी तीन सय रुपैयाँ र मसला प्रति केजी छ सय रुपैयाँ निर्धारण गरिएको छ ।

अध्यक्ष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष गौतम, नगर सभा सदस्य सुशिला सुवेदी, झापा जिल्ला सहकारी संघ लेखा समितिकी सदस्य पम्फा विश्वकर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । समितिकी सदस्य विष्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक पवित्रा श्रेष्ठ गिरीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here