होटेल सञ्चालकको कुटपिटबाट भारतीय ग्राहकको मृत्यु

0
536

झापा।

होटेल सञ्चालकको कुटपिटबाट एक भारतीय ग्राहकको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको युनिक होटेलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटाइबाट ग्राहकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सङ्खुवासभा घर भई उर्लाबारीमा होटेल खोलेर बसेका तामाङले कुटपिट गर्दा ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको हो । भारत दार्जिलिङ घर भएका सुशील लगभग १० वर्ष अघिदेखि परिवारसहित उर्लाबारीमा बस्दै आएका थिए ।

सुनचाँदीका गहना बनाउने कालिगड सुशील श्रीमती कञ्चनसहित युनिक होटेलमा आइतबार राति ११ः३० बजेतिर खाजा खान भनेर पुगेका थिए । होटेलमा विवाद गर्दै मदिरा पिउने इच्छा जनाएका उनीमाथि होटेल सञ्चालक जाई लागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here