प्रदेश १ मा कोरोनाले ज्यान गुमाउनेको संख्या ७१ पुग्यो, आज मात्रै चार जनाको मृत्यु

0
476

झापा ।

कोरोना भाइरसका कारण प्रदेश–१ मा ७१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ महिला र ५२ पुरुष रहेका छन् ।

जसमा प्रदेश १ बाहिरबाट २ महिला र १३ पुरुषको मृत्यु भएको बताइएको छ ।

प्रदेश–१ को झापामा मात्रै ८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय प्रदेश–१ को मोरङ, सुनसरी र झापा जिल्लामा धेरै संक्रमित बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच बुधबार बिहान मोरङको विराटनगर र सुनसरीको धरानमा उपचार गराइरहेका चार जनाको कोरोना भाइरस(कोभिड१९) संक्रमितको मृत्यु भएको छ ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, नोबेल अस्पतालको भेन्टिलेटरमा एक र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका एक गरेर चार जनाको मृत्यु भएको हो ।

मोरङ जहदा गाउँपालिका–६ का ६०, सुनसरीको हरिनगरा–२ का ५० र सप्तरी राजविराज–४ का ३९ वर्षीय पुरुष, सुनसरी इटहरी उपमहानगरपालिका ५ का ७३ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृतक चारै जना अन्य रोगबाट समेत ग्रसित रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here