भद्रपुर बजारका श्रीमान् श्रीमतीलाई नै कोरोना संक्रमण पुष्टि

0
514

भद्रपुर ।

भद्रपुर बजारका दुई जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिका ५ बस्ने २८ वर्षीय पुरुष र २८ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोका पर्सन मनोज भट्टराईले जानकारी दिए ।

संक्रमति पुरुष र महिला नातामा श्रीमान् श्रीमती हुन् । केही दिन अघि श्रीमानलाई ज्वरो आएपछि दुवै जना पिसिआर परीक्षणका लागि मेची अस्पताल भद्रपुर गएका थिए । आज आएको पिसिआर रिपोर्टमा दुई जनामा पोजेटिभ देखिएको फोका पर्सन भट्टराईले बताए ।

घरका सदस्यलाई कोरोना पुष्टि भएपछि घर अगाडीको पसल बन्द गराइएको छ, भने घरका सदस्यको पनि कोरोना परीक्षण गराइने नगरपालिकाले जनाएको छ । संक्रमित पुरुषको बिर्तामोडमा पनि पसल छ ।

यता मेची अस्पताल भद्रपुरमा आज १०४ जनाको पिसिआर रिपोर्ट आएको अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले जानकारी दिए । त्यसमध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । भद्रपुरका दुईसहित मेचीनगर नगरपालिका वडा नम्बर १० र १३ बस्ने ४० र ३९ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै बिर्तामोड नगरपालिका ४ र ५ बस्ने २३ वर्षीय महिला, ४० र २१ वर्षीय पुरुषमा कोरोना देखिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here